मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बोतल प्रहार गरेको आरोपमा क्रिस ब्राउन पक्राउ

लण्डन – आरएण्डबी गायक क्रिस ब्राउनलाई लण्डनको एक नाइटक्लबमा भएको कथित बोतल आक्रमणको अभियोगमा अदालतमा उपस्थित भएपछि हिरासतमा लिइएको छ।

अमेरिकी कलाकार ब्राउनलाई बिहीबार साल्फोर्डस्थित लोउरी होटलबाट पक्राउ गरिएको थियो। उनलाई सन् २०२३ मा लण्डनको मेफेयरस्थित टेप क्लबमा भएको भनिएको आक्रमणको अभियोगमा पछि मुद्दा चलाइएको हो।

३६ वर्षीय ब्राउनले संगीत निर्माता आबे डियावमाथि बोतल प्रहार गरी गम्भीर शारीरिक हानि पुर्‍याएको आरोप छ। गायक ब्राउन जून र जुलाईमा हुने बेलायतको भ्रमणअगाडि म्यानचेस्टरमा थिए। उनी म्यानचेस्टरको को-अप लाइभ एरिना र कार्डिफको प्रिन्सिपालिटी स्टेडियममा प्रस्तुति दिने तयारीमा थिए।

ब्राउनको पूरा नाम क्रिस्टोफर मौरिस ब्राउन हो। जिल्ला न्यायाधीश जोआन हस्र्टले यो मुद्दा लण्डनको साउथवार्क क्राउन अदालतमा सारिने जानकारी दिँदै भनिन्, “गम्भीर शारीरिक हानिको प्रकृति यति गम्भीर छ कि यसलाई मजिस्ट्रेट अदालतले हेर्न सक्दैन।” अर्को सुनुवाइ जुन १३ मा हुनेछ।

ब्राउनले जुन ८ मा एम्स्टर्डममा प्रस्तुति दिने कार्यक्रम तय गरेका थिए र त्यसपछि उनी जर्मनीतर्फ जाने तालिकामा थिए।सुनुवाइअघि म्यानचेस्टर मजिस्ट्रेट अदालतबाहिर उनका प्रशंसकहरूको भीड लागेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?