मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतीय अभिनेत्री नोरा फतेही कार्यक्रमका लागि नेपालमा

काठमाडौँ- चर्चित भारतीय नृत्याङ्गना तथा अभिनेत्री नोरा फतेही नेपाल आएकी छिन्। उनले शिक्षाबाट वञ्चित बालबालिकाको सहयोगार्थ सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’ द्वारा आयोजना हुने च्यारिटी कार्यक्रममा सहभागी हुनेछन्।

बौद्धस्थित हायात होटलमा आयोजना हुने उक्त कार्यक्रममा नोरा फतेहीले ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ लगायत आफ्ना लोकप्रिय गीतहरूमा नृत्य प्रस्तुत गर्नेछिन्। कार्यक्रममा २० भन्दा बढी नृत्याङ्गनाको सहभागिता रहनेछ।

कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, तेरिया फौजा मगर, समर्पण लामा, र ‘भ्वाइस अफ नेपाल सिजन ६’ का टप फाइनलिष्ट इन्द्रकला राई, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई र प्रशेस पाण्डेले समेत प्रस्तुति दिनेछन्।

इभेन्ट म्यानेजर मनिष कार्कीका अनुसार फतेहीले वसन्तपुर, पशुपतिनाथ लगायतका सांस्कृतिक स्थलहरूको भ्रमण पनि गर्ने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?