मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पाकिस्तानलाई सहयोग गरेको भन्दै भारतीयले गरे टर्कीमा अब सुटिङ नै नगर्ने घोषणा

काठमाडौँ – पाकिस्तानसँगको भारतको तनाव अझै रोकिएको छैन्, जसको असर अन्य देशमाथी पनि परिरहेको छ। यसैबिच, भारत सिनेकर्मीले पाकिस्तानलाई समर्थन गरेको भन्दै टर्कीमा सुटिङ नगर्ने देखी कलाकारलाई पनि नलिने भन्दै अनेक प्रतिबन्धको घोषणा गरेका छन्, जसको असर मनोरञ्जन क्षेत्रमा परेको छ ।

भारत र पाकिस्तानबीचको पछिल्लो ‘अपरेशन सिन्दुर’ नामक युद्धमा पाकिस्तानलाई सहयोग गरेको भन्दै टर्कीसँग भारतीय मनोरञ्जन क्षेत्र आक्रोशित भएको हो । यसैबिच, भारतीय मनोरञ्जन क्षेत्रले ‘बायकट टर्की’ अभियान चलाएका हुन ।

अखिल भारतीय सिने वर्कर्स एसोसिएसन ९एआइसिडब्लुए० ले अब टर्कीमा कुनै पनि भारतीय चलचित्र वा टेलिभिजन कार्यक्रमको छायांकनमा प्रतिबन्ध लगाएको छ। खासमा भारतमा अहिले टर्कि विरुद्ध ‘बायकट टर्की’ टर्किए अभियान चलिरहेको बेला यो घोषणा गरिएको हो ।

उसका अनुसार अब टर्कीमा भारतीय फिल्म र शोको सुटिङसँगै एआईसीडब्ल्यूएले टर्कीका कलाकार र प्रोडक्सन हाउससँग काम गर्न पनि प्रतिबन्ध लगाएको छ । एकै समयमा अब कुनै पनि प्रकारको डिजिटल सामग्रीको शूटिंग पनि टर्किमा हुने छैन्।

एआइसिडब्लुएले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘हामी सधैं देशको साथमा उभिएका छौं। विशेष गरी आतंकवाद र अस्थिरताको समयमा पाकिस्तानसँग टर्कीको खुला गठबन्धनलाई बेवास्ता गर्न सकिँदैन। भारतीय फिल्म उद्योग र यसका कलाकारहरूले भारतको सार्वभौमसत्ता विरुद्धमा खडा हुने कुनै पनि देशलाई समर्थन वा सहयोग गर्दैन ।’

भारतमा अहिले टर्कि विरुद्ध ‘बायकट टर्की’ पनि उत्तिकै चलाई राखिएको छ । तर, यसअघि पनि भारतीय स्टारहरुले टर्कीमा धेरै ठुला सिनेमाको सुटिङ गरिसकेका छन् ।

यसअघि सैफ अली खान खानको रेस २ र सलमान खानको टाइगर–३ बाहेक बेबी, दिल धडकने दो, गेम, गुरुलगायत अन्य धेरै भारतीय फिल्मको सुटिङ टर्कीमा भएको थियो । तर, अब यो एआइसिडब्लुए द्वारा प्रतिबन्धित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?