मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ट्रम्पले अमेरिका र विश्वबीच औषधिको मूल्य ‘समान’ गर्ने

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र विश्वबीच औषधिको मूल्य ‘समान’ गर्ने बताएका छन् । चीनसँग ‘ट्यारिफ पज’ को बारेमा बोल्नुको साथै ट्रम्पले अमेरिकी औषधिको मूल्य घटाउने र तिनीहरूलाई बाँकी विश्वसँग मिल्दोजुल्दो बनाउने योजनाहरू प्रस्तुत गरेका छन ।

बेलायत, युरोपियन युनियन र अन्य विकसित देशहरूमा उनीहरूका समकक्षीहरूको तुलनामा अमेरिकी बिरामीहरूले तिर्ने औषधिको मूल्यमा ठूलो भिन्नताको रहे पछि उनले अमेरिकामा पनि समान मुल्य बनाउने घोषणा गरेका हुन् ।

उनले भने, ‘अब हामी सबैले समान तिर्नेछौं हामी युरोपमा जति औषधी खर्चको मुल्य रहेको छ, अब हामी त्यति नै रकम तिर्ने ब्यवस्था मिलाउँछौं ।’

त्यसो त ट्रम्पले अमेरिकाले संसारकै सबैभन्दा कम मूल्य तिर्न लागेको दाबी पनि गरेका छन । ‘अब हामीले अर्को देशको तुलनामा १० गुणा बढी तिर्ने छैनौं, अब यो भन्दा सस्तोमा औषधी पाउने छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?