मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गाउँमा निःशुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी

त्रिवेणी ‘रुकुम पश्चिम’ – रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा दुई दिनसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । चौरजहारी–७ र ११ मा सञ्चालान भएको शिविरबाट तीन सय ७३ जनाले सेवा लिएका छन् ।

वडा नं ११ को खोलागाउँमा सञ्चालित शिविरबाट दुई सय ३० र वडा नं ७ नार्जीमा एक सय ४३ जनाले सेवा पाएका मानव विकास तथा सामुदायिक सेवा केन्द्रका आपतकालीन स्वास्थ्य सेवा परियोजना संयोजक कुमेर परियारले जानकारी दिए ।

उनका अनुसार शिविरमा बिरामीको स्वास्थ्य परीक्षण, भिडियो एक्सरे, रक्त समूह परीक्षणलगायत स्वास्थ्य परार्मश सेवा प्रदान गरिएको थियो । चौरजहारी नगरपालिकासँगको समन्वयमा मानव विकास तथा सामुदायिक सेवाले शिविर आयोजना गरेको हो । गाउँमा निःशुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?