मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘राजकुमारी’ फिल्मको औपचारिक घोषणा

काठमाडौं- नेपाली कथानक फिल्म ‘राजकुमारी’ को औपचारिक निर्माण घोषणा गरिएको छ। रेडलाइन्स फिल्म प्रालिको ब्यानरमा बन्ने फिल्ममा झण्डै ५ करोड रुपैयाँको लगानी हुनेछ।

निर्देशक रिम विश्वकर्माले प्रेम, संघर्ष र साहसको कथामा आधारित यस फिल्मलाई आफ्नो ‘ड्रिम प्रोजेक्ट’ भनेका छन्। निर्माता पीबी थापाले कथाको गहिराइले आफूलाई प्रभावित पारेको कारण फिल्ममा लगानी गर्ने निर्णय गरेका हुन्।

फिल्मको मुख्य भूमिकामा कसलाई लिने भन्ने विषयमा कास्टिङ बाँकी रहेको जनाइएको छ। भदौदेखि काठमाडौं, मुस्ताङ र पोखरा लगायतका क्षेत्रमा छायांकन गरिने फिल्म हाल प्रि-प्रोडक्सन चरणमा छ।

निर्देशक विश्वकर्माको अर्को फिल्म ‘हेल्लो काँशीराम’ भने जेठ २ गतेदेखि प्रदर्शनमा आउँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?