मुम्बई- भारतीय सेनाले जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि पाकिस्तानविरुद्ध सञ्चालन गरेको ‘अपरेशन सिन्दूर’मा आधारित फिल्मको घोषणा गरिएको छ।
यसै सन्दर्भमा, ‘अपरेशन सिन्दूर’ नामक फिल्मको फर्स्ट लुक पोस्टर पनि सार्वजनिक गरिएको छ । निकी विक्की भगनानी फिल्म्स र द कन्टेन्ट इन्जिनियरले अपरेशन सिन्दूरु नामक नयाँ फिल्मको घोषणा गरेका छन् । पोस्टरमा एक महिला सैनिकलाई बन्दुक समात्दै सिन्दूर लगाइरहेको देखाइएको छ।
यद्यपि, यस्तो संवेदनशील समयमा फिल्मको घोषणा गर्नु अनुपयुक्त भएको भन्दै सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ। प्रयोगकर्ताहरूले युद्धको स्थितिलाई व्यावसायिक फाइदाको लागि प्रयोग गर्नु लाजमर्दो भएको प्रतिक्रिया दिएका छन्।
निर्देशक उत्तम महेश्वरीले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत माफी माग्दै भनेका छन् कि उनी सेनाको वीरता देखेर प्रेरित भएका थिए, तर कसैको भावना आहत गर्ने उद्देश्य थिएन।
फिल्ममा अभिनय गर्ने कलाकारको नाम अझै सार्वजनिक गरिएको छैन। फिल्मले एक भावनात्मक कथा प्रस्तुत गर्ने बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया