मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आइतबारका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ३० पैसा र बिक्री दर १३६ रुपियाँ ९० पैसा कायम भएको छ।

यस्तै, युरोपियन युरो एकको खरिद दर १५३ रुपियाँ ३९ पैसा र बिक्रीदर १५४ रुपियाँ ०७ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपियाँ ९७ पैसा र बिक्रीदर १८१ रुपियाँ ७७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रुपियाँ ०९ पैसा र बिक्रीदर १६४ रुपियाँ ८१ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ २७ पैसा र बिक्रीदर ८७ रुपियाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ९४ पैसा र बिक्रीदर ९८ रुपियाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ ०५ पैसा र बिक्रीदर १०५ रुपियाँ ५१ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपियाँ ३९ पैसा र बिक्रीदर नौ रुपियाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ८२ पैसा र बिक्रीदर १८ रुपियाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३४ पैसा र बिक्रीदर ३६ रुपियाँ ५० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३९ पैसा र बिक्रीदर ३७ रुपियाँ ५६ पैसा तोकेको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १३ पैसा र बिक्रीदर चार रुपियाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ११ पैसा र बिक्रीदर ३७ रुपियाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ७२ पैसा र बिक्रीदर ३१ रुपियाँ ८६ पैसा निर्धारण भएको छ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७४ पैसा र बिक्रीदर नौ रुपियाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ०५ पैसा र बिक्रीदर १४ रुपियाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ५६ पैसा र बिक्रीदर २० रुपियाँ ६५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५२ पैसा र बिक्रीदर १७ रुपियाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपियाँ ३५ पैसा र बिक्रीदर ४४६ रुपियाँ ३१ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपियाँ ५२ पैसा र बिक्रीदर ३६३ रुपियाँ ११ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ ०५ पैसा र बिक्रीदर ३५५ रुपियाँ ६१ पैसा रहेको छ।

भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?