मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सबैभन्दा मंहगो वेभ सिरिज, एक इपिसोडमा नै ४८० करोड डलर खर्च

काठमाडौँ – फिल्म वा वेब सिरिज बनाउन करोडौं रुपैयाँ खर्च हुन्छ । यसको सुटिङ, सेलिब्रेटीको कास्टिङ र प्रमोशनलगायतका धेरै खर्च निर्माताले बेहोर्नुपर्ने हुन्छ र यसमा करोडौं रुपैयाँ खर्च हुन्छ । तर के तपाईलाई संसारको सबैभन्दा महँगो वेब सिरिजको बारेमा थाहा छ ? छैन भने हामी तपाईलाई बताउने छौं ।

सन् २०१५ मा रिलिज भएको फिल्म ‘स्टार वार्सः द फोर्स अवेकन्स’ विश्वकै सबैभन्दा महँगो फिल्म भएको बताइएको छ । कुनै पनि फिल्मको बजेटले अहिलेसम्म रेकर्ड तोड्न सकेको छैन् तर एउटा वेब सिरिज छ, जसलाई विश्वकै महँगो वेभ सिरिजमा गनिन्छ । तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि एउटा एपिसोड बनाउन ४८० करोड डलर खर्च भएको थियो।

यो वेब सिरिज अरु कोही होइन, २०२४ मा रिलिज भएको सबैभन्दा लोकप्रिय वेब सिरिज ‘द लर्ड अफ द रिङ्सः द रिङ्स अफ पावर’ हो। यसको पहिलो सिजन २०२२ मा आयो र दोस्रो सिजन २०२४ मा आयो। डेडलाइन अनुसार यो ८ एपिसोड सिरिज बनाउनका लागि निर्माताले १ अर्ब डलरमा लगानी गर्नु परेको थियो ।

१३ हजार ३ सय करोडको बजेटमा सबै सिरिज निर्माण गरिसक्ने कुरा समावेश गरिएको थियो। निर्माताहरूले भिएफएक्स, मेकअपदेखि लिएर राइट्स खरिद र प्रमोशनसम्म सबैमा धेरै पैसा खर्च गरेका थिए। कोलाइडरका अनुसार उत्पादनमा मात्रै ४६ करोड ५० लाख डलर खर्चेका थिए । यस्तो अवस्थामा प्रत्येक एपिसोड बनाउन ४८० करोड डलर खर्च भएको थियो । यस हिसाबले यो वेब सिरिज विश्वकै सबैभन्दा महँगो सिरिज हो ।

यदि तपाइँ यसलाई ओटिटी प्लेटफर्ममा हेर्न चाहनुहुन्छ भने यो ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा उपलब्ध छ। शृङ्खलाको कथा ‘द लर्ड अफ द रिङ्स’ उपन्यासबाट लिइएको हो। यसले मध्य–पृथ्वीको दोस्रो युगको प्रमुख घटनाहरू चित्रण गर्दछ। कास्टिङको कुरा गर्ने हो भने सिरिजमा मोर्फाइड क्लार्क, रोबर्ट अरामयो, सोफिया नोम्भेटे, मार्सेला काभानाघ, चार्ली विकर्सजस्ता कलाकार थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?