काठमाडौं – बहुप्रतीक्षित फिल्म ‘नरसिंहाः अवतार’ जेठ ९ गतेदेखि देशभरका हलहरूमा प्रदर्शनमा आउँदैछ। करिब ९ वर्षको अन्तरालपछि अभिनयमा फर्किएका नेपाली फिल्मका महानायक राजेश हमालको पुनरागमनका कारण यो फिल्म दर्शकबीच विशेष चासोको विषय बनेको छ।
निर्देशक दिवाकर भट्टराईको निर्देशनमा बनेको फिल्मको ट्रेलर युट्युबमार्फत सार्वजनिक भएको केही मिनेटमै व्यापक चर्चा कमाउन सफल भएको थियो। ट्रेलर सार्वजनिक भएको १५ मिनेटभित्रै ट्रेन्डिङमा पुग्नु नेपाली फिल्म इतिहासमै एक उल्लेखनीय उपलब्धि मानिएको छ।
ट्रेलर हेरेपछि राजेश हमाललाई लिएर दर्शकहरुले विभिन्न प्रतिक्रिया दिन थालेका छन् । ट्रेलरमा आएका प्रतिक्रिया प्रायः सबै राजेश हमालकै लागि रहेको छ । धेरैले राजेश हमाल अभिनित यो फिल्म हेर्न जानेमा जोड दिएका छन् भने कतिले त छिट्टो भन्दा छिट्टो ट्रेलरलाई ट्रेन्डिङको नम्बर एकमा पुर्याउन दवाव दिएका छन् ।
राजेश हमालसहित नीति शाह, राज कटुवाल, सनिशा भट्टराई, सरोज खनाल, नीर शाह, प्रशान्त ताम्राकार आदि कलाकारको मुख्य भूमिका रहेको यो फिल्मको ट्रेलर हेरेपछि फिल्ममा अभिनेता हमालको डबल रोल भएको अनुमान लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया