मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फ्राइडे रिलिजमा दुई नेपाली फिल्म प्रदर्शन

काठमाडौँ- आजको फ्राइडे रिलिजअन्तर्गत दुई नेपाली चलचित्र ‘ऊनको स्वीटर’ र ‘जार’ एकैदिन प्रदर्शनमा आएका छन्।

नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’ सामाजिक विषयमा आधारित छ र पूर्वी नेपालको पाँचथरमा छायांकन गरिएको हो। फिल्ममा विपीन कार्की, मिरुना मगर, विल्सनविक्रम राईलगायत कलाकारको अभिनय रहेको छ।

फुर्वा छिरिङ लामाले निर्देशन गरेको ‘जार’ २२५ वर्ष पुरानो ऐतिहासिक कथामा आधारित छ। जसमा सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापा मुख्य भूमिकामा छन्।

दुबै फिल्मले नेपाली सिनेमा क्षेत्रमा फरक स्वाद ल्याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?