मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शर्मिला पाण्डेको नयाँ फिल्ममा प्रदीप खड्का र गौरव विष्टको सहकार्य

काठमाडौं – ‘लभ लभ लभ’, ‘आमा’ र ‘परस्त्री’ जस्ता चर्चित फिल्म निर्माण गरेकी निर्माता शर्मिला पाण्डेले नयाँ फिल्मको तयारी थालेकी छन्।

उनले अभिनेता प्रदीप खड्का र गौरव विष्टलाई लिएर नयाँ प्रोजेक्ट अघि बढाउँदैछिन्। निर्मात्री पाण्डेका अनुसार फिल्मको सम्पूर्ण छायांकन अमेरिका मै गरिनेछ भने निर्देशन उनका छोरा सुरज पाण्डेले गर्नेछन्। सुरजले ‘परस्त्री’ बाट निर्देशनमा डेब्यु गरेका थिए।

यसअघि गौरव विष्टसँग ‘परस्त्री’ मा सहकार्य गरेकी शर्मिलाले अब प्रदीपसँग पनि सहकार्य गर्दैछिन्। प्रदीप र गौरव यसअघि ‘पीताम्बर’ फिल्ममा सँगै देखिएका थिए। फिल्मका अन्य कलाकारहरूको छनोट प्रक्रिया जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?