काठमाडौं – चर्चित गायिका शान्ती श्री परियारको स्वरमा विक्रमवाबु विश्वकर्माको शब्द तथा संगीतमा आधारित मौलिक लोकगीत ‘वनको तरुल’ सार्वजनिक भएको छ।
परियारसँगै विक्रमवाबु विश्वकर्मा र विवेक खत्रीले पनि स्वर दिएका छन्। विश्वास नेपालको संगीत संयोजन रहेको गीतको भिडियोलाई सुनिल भण्डारीले छायांकन, नविन धर्ति मगरले सम्पादन र कमल भक्तले निर्देशन गरेका छन्। भिडियोमा सरद एल जी, गोविन्द विवस र कृपा पौडेलको अभिनय देख्न सकिन्छ।
विक्रमवाबुको युट्युब च्यानलमार्फत सार्वजनिक भएको ‘वनको तरुल’ले छोटो समयमै दर्शकको राम्रो प्रतिक्रिया बटुलिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया