मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भ्वाइस अफ नेपालका फस्ट रनरअप रोशन राईको गीत ‘नछुट्टिने मन’ सार्वजनिक

काठमाडौं – द भ्वाइस अफ नेपाल सिजन ६ का फस्ट रनरअप रोशन राईको नयाँ गीत ‘नछुट्टिने मन’ सार्वजनिक भएको छ। शान्ता राईको शब्द र स्व. बिक्रम राईको संगीतमा तयार गरिएको यस गीतले प्रेम र वियोगको गहिरो भावना प्रस्तुत गर्छ।

गीतको संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् भने मिक्सिङ र मास्टरिङ योगेन मुकारुङले गरेका हुन्। ‘नछुट्टिने मन’ आपोमाली युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

यस गीतको फिमेल भर्सन पहिला नै लोकप्रिय गायिका मेलिना राईको स्वरमा सार्वजनिक भइसकेको छ। गीतकार शान्ता राईले श्रोताहरूले गीत मन पराउनेमा विश्वास व्यक्त गरेकी छन्। रोशन राईको भावनात्मक आवाज र स्व. बिक्रम राईको संगीतले गीतलाई अझ प्रभावशाली बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?