मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गर्मीमा स्वस्थ रहन अपनाउनुपर्ने उपाय

काठमाडौं – गर्मीयाम सुरु भएसँगै तापक्रमको वृद्धिसँगै विभिन्न स्वास्थ्यसम्बन्धी समस्याहरू देखिन थालेका छन्। अत्यधिक गर्मीका कारण डिहाइड्रेसन (शरीरमा पानीको कमी), घामले पोल्ने समस्या, छालामा एलर्जी, तौल घट्ने, थकान, सिरदुखी तथा झाडापखाला जस्ता समस्या हुन सक्छन्। यस्तो अवस्थामा स्वास्थ्य जोगाउन विशेष सावधानी अपनाउनु अति आवश्यक हुन्छ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार गर्मीयाममा निम्न उपायहरू अपनाउनु उपयुक्त हुन्छ:

१. प्रशस्त पानी पिउनुहोस्
गर्मीमा शरीरबाट पसिना बढी सर्छ, जसका कारण शरीरमा पानीको मात्रा घट्छ। डिहाइड्रेसनबाट बच्न दैनिक ३–४ लिटरसम्म पानी पिउनु जरुरी छ। साथै, नरिवल पानी, जुस, लस्सी, जलजीरा, कागती पानीजस्ता पेय पदार्थ पनि फाइदाजनक हुन्छन्।

२. ताजा र हल्का खाना खानुहोस्
गर्मीको समयमा अत्यधिक मसलेदार, तारेको वा भारी खाना पचाउन गाह्रो हुन्छ। यसले पेटको समस्या निम्त्याउन सक्छ। सिजनअनुसारको फलफूल, जस्तै काक्रो, तरबुजा, खरबुजा, अंगुर, सुन्तला, आँप, कागती आदि खानु उपयुक्त हुन्छ। यस्ता फलहरूमा पानीको मात्रा अधिक हुने भएकाले शरीरलाई चिसो राख्न सहयोग पुग्छ।

३. हलुका र हावादार कपडा लगाउनुहोस्
गर्मीमा गाढा र टाइट कपडाले शरीरलाई अझ गर्मी लाग्ने भएकाले हलुका, पातलो, रङ्गीन र कटनका कपडा लगाउनु स्वास्थ्यका लागि उपयुक्त हुन्छ। साथै, बाहिर निस्कँदा छाता, टोपी वा सनग्लास प्रयोग गर्नाले घामबाट जोगिन सकिन्छ।

४. अत्यधिक घाममा ननिस्कनुहोस्
बिहान १० बजेपछि र दिउँसो ३ बजेसम्मको समय घाम अत्यधिक चर्को हुने भएकाले त्यो समयमा घरभित्रै बस्नु उचित हुन्छ। अत्यावश्यक कामबाहेक बाहिर जानु परेमा चिसो पानी बोकेर हिँड्नु उपयुक्त हुन्छ।

५. व्यक्तिगत सरसफाइमा ध्यान दिनुहोस्
गर्मीमा पसिना धेरै आउने भएकाले छालामा संक्रमणको जोखिम पनि बढ्दछ। नियमित नुहाउनु, सफा लुगा लगाउनु र हातखुट्टा धुने बानीले ब्याक्टेरिया र भाइरसको संक्रमणबाट बचाउँछ।

६. शरीरलाई चिसो राख्ने उपायहरू अपनाउनुहोस्
गर्मीको समयमा बेलुकी नुहाउनु, शरीरमा चन्दन वा एलोभेरा जस्ता चिसो प्रकृतिका पदार्थ लगाउनु राम्रो हुन्छ। वातानुकूलित कोठामा बस्न सके राम्रो हुन्छ, नभए पनि पङ्खा वा कूलरको सहायताबाट वातावरणलाई चिसो राख्न सकिन्छ।

७. व्यायामको समय परिवर्तन गर्नुहोस्
गर्मीमा बाहिरी व्यायाम बिहान सबेरै वा साँझको समयमा गर्नु उपयुक्त हुन्छ। अत्यधिक गर्मीमा व्यायाम गर्दा डिहाइड्रेसन र थकान हुने सम्भावना रहन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?