मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

लखनउविरुद्ध आरसिबीको ऐतिहासिक जित, फाइनल यात्राका लागि अब पञ्जाबसँग भिडन्त

काठमाडौँ– इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले हराउँदै पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ । 

लक्ष्य पछ्याउने क्रममा, RCB ले २२८ रनको विशाल लक्ष्य १८.४ ओभरमै ४ विकेट गुमाउँदै पूरा गर्‍यो। कप्तान जितेश शर्माले ३३ बलमा नटआउट ८५ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे। विराट कोहलीले ३० बलमा ५४ रन, र मंयक अग्रवालले ४१ रनको योगदान दिए।

यसअघि लखनउका कप्तान ऋषभ पन्तले अविजित ११८ रनको शतकीय पारी खेले। मिचेल मार्शले ६७ रन जोडे। अब RCB ले पञ्जाब किंग्ससँग बिहीबार क्वालिफायर १ खेल्नेछ। यस्तै, एलिमिनेटरमा गुजरात टाइटन्स र मुम्बई इण्डियन्सबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?