मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

केजीएफ निर्देशकले जुनिएर एनटिआरसँगको फिल्म अर्को बर्ष रिलिज गर्ने

काठमाडौँ – सुपरस्टार जुनियर एनटीआरको बहुप्रतिक्षित एक्शन ड्रामा फिल्म जुन २०२६ मा रिलिज हुने भएको छ। केजीएफ निर्देशक प्रशान्त नीलको साथमा ‘ड्रयागन’ नामक चलचित्र जुन २०२६ मा ठूलो पर्दामा आउने पक्का भएको निर्माताहरूले मंगलबार घोषणा गरेका छन् ।

सोशल मिडिया प्लेटफर्म एक्समार्फत एनटिआर आर्टसले घोषणा गर्‍यो कि यो चलचित्र २५ जुन २०२६ मा धेरै भाषाहरूमा रिलीज हुनेछ। निर्माताहरूले जुनियर एनटीआरको ४२ औं जन्मदिन अर्थात मे २० मा हुने फर्स्ट लुक सार्बजनिक गरिने भएको छ।

एनटिआर नील फिल्म सुरुमा नयाँ बर्ष २०२६ मा रिलीजको लागि घोषणा गरिएको थियो तर अब यसलाई जुनमा सारिएको छ। फिल्मको छायांकन भर्खरै सुरु भएको छ जबकि आरआरआर स्टार गत २२ अप्रिलमा यसको सुटिङमा सामेल भए। यो आगामी वारः२ पछि अभिनेताको अर्को फिल्म रिलिज हुनेछ, जुन यस वर्ष अगस्ट १४ मा ठूलो पर्दामा आउँदैछ।

यसैबीच, जुनियर एनटीआरसँग जेलर निर्देशक नेल्सन दिलीपकुमारसँग र निर्देशक कोरतला शिवको देवराको दोस्रो भागमा पनि काम गर्दैछन् । दुबै फिल्म ड्र्यागनको सुटिङ सम्पन्न भएपछि सुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?