काठमाडौँ – नेपाली बजारमा मंगलबार (आज) सुनको मूल्य सामान्य अंकले वृद्धि भएको छ ।
सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ वृद्धि भएर १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको थियो । यस्तै मंगलबार चाँदीको मूल्य स्थिर छ । चाँदी तोलामा १ हजार ९७० रुपैयाँ कायम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया