मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बत्ती निभेपछि स्पेन र पोर्चुगलका धेरै शहरमा संकटकाल घोषणा

स्पेन – स्पेन र पोर्चुगलमा एकाएक विद्युतमा संकट देखिएपछि संकटकालको घोषणा गरिएको छ। पोर्चुगलको ग्रिड अपरेटर रेडेस इनर्जेटियाकस नासियोनियासले आइबेरियन प्रायद्वीपमा बत्ती निभेको जनाएको छ।

पोर्चुगलमा बत्ती निभेको एक घण्टामा नै स्पेनका प्रधानमन्त्री पेड्रो साँचेजले बत्ती निभ्नुको कारण थाहा नभएको बताए। त्यहाँको यातायातसमेत अवरुद्ध भएको छ। दुवै देशमा अहिले यसको समस्या समाधानका लागि बैठक बसिरहेको छ। स्पेनको अनाडालुसिया, एक्सट्रेमाडुरा, माउरसिया ला रोजा र म्याड्रिडमा सङ्कटकाल लागेको छ।

पोर्चुगलका प्रधानमन्त्रीले यो अवस्था आउनुमा विदेशी देश कारक भएको हुनसक्ने बताएका छन्। स्पेनका दक्षिणमा रहेको धेरै शहर अहिले प्रभावित भएका छन्। यातायात व्यवस्थामा नै संकट आएपछि म्याड्रिड, लिस्बन, बार्सिलोना, सेभिया र भ्यालेन्सियाका मानिसको आवात जावतमा कठिनाइ भएको छ। यो क्षेत्र बढी जनघनत्व भएको क्षेत्रको रूपमा रहेको छ।

युरोपियन युनियनका सबै भन्दा व्यस्त रहेका पाँच मध्यका दुई एयरपोर्ट बार्सिलोना र म्याड्रिड नै अहिले प्रभावित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?