काठमाडौं- वैज्ञानिकहरूले हालै गरेको एक अध्ययनले मानव उचाइ र स्वास्थ्य समस्याबीचको गहिरो सम्बन्धलाई पुष्टि गरेको छ। अमेरिकाको रक्की माउन्टेन रिजनल भीए मेडिकल सेन्टरले यो अध्ययन गरेको हो र यसको नेतृत्व गरेका छन् श्रीधरन राघवन। अध्ययनमा २ लाख ५० हजार महिला र पुरुषको स्वास्थ्यको विश्लेषण गरियो र यसले पत्ता लगायो कि अग्ला व्यक्तिहरूलाई मुटु र नसा सम्बन्धी समस्याहरूको जोखिम बढी हुन्छ।
यस अध्ययनको परिणाम पीएलओस जेनेटिक जर्नलमा प्रकाशित भएको छ र यसले उचाइ र स्वास्थ्य समस्याबीचको सम्बन्धमा नयाँ दृष्टिकोण ल्याएको छ।
अग्लो उचाइ र स्वास्थ्य समस्याहरू
अध्ययनले खुलासा गरेको छ कि अग्ला व्यक्तिहरूको मुटु र नसा प्रणालीमा थप दबाब पर्न सक्छ, जसको कारण हृदय र नसा सम्बन्धी रोगको जोखिम धेरै बढ्छ। यो अध्ययनमा विश्लेषण गरिएको २ लाख ५० हजार व्यक्तिको डेटा अनुसार अग्ला व्यक्तिहरूलाई मुटुको गति कम–बढी हुने, नसा सम्बन्धी रोग, न्यायु बिग्रने र अल्सर जस्ता समस्याहरूको जोखिम बढी हुन्छ।
अग्ला व्यक्तिहरूको कोलोनरी हृदयरोग, उच्च रक्तचाप र कोलेस्टोरोल बढ्ने जोखिम भने कम हुन्छ।
अग्लो उचाइ र रोगको जोखिम
अग्ला व्यक्तिहरूको शरीर ठूलो आकारको हुने कारण उनका रक्त वाहिनिहरूमा बढी दबाब आउन सक्छ, जसले गर्दा हृदय र नसा प्रणालीमा बढी तनाव पर्छ। यसले हृदयघात र स्ट्रोक जस्ता समस्याहरूको जोखिम बढाउँछ। साथै, अल्सर र छाला र हड्डीको संक्रमण जस्ता स्वास्थ्य समस्याहरू पनि बढी देखिन सक्छन्।
अध्ययन
अध्यानमा वैज्ञानिकहरूले २ लाख गोरो वर्णका र ५० हजार कालो वर्णका व्यक्तिहरूको अणुवंशिक र स्वास्थ्य स्थिति समावेश गरेका थिए। यसमा १,000 भन्दा धेरै स्वास्थ्य लक्षण र अवस्थाहरूको अध्ययन गरिएको छ। अध्ययनले यस निष्कर्षमा पुग्यो कि उचाइले व्यक्तिमा १०० भन्दा बढी स्वास्थ्य अवस्थाहरूलाई प्रभावित पार्न सक्छ।
वैज्ञानिक श्रीधरन राघवनका भनाइ
अध्यानको नेतृत्व गरेका वैज्ञानिक श्रीधरन राघवनका अनुसार, “हामीले उचाइ र स्वास्थ्यको सम्बन्धमा गहिरो अध्ययन गरेका छौं र यसले केही महत्त्वपूर्ण निष्कर्षहरू पत्ता लगाएको छ। यद्यपि, केही निष्कर्षहरूलाई अझ पुष्टि गर्न आवश्यक छ। थप अध्ययन र विश्वका विभिन्न देशका जनसंख्यामाथि अनुसन्धान गर्दा हामीलाई थप लाभ र स्पष्टता मिल्ने छ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया