मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एट्लीको फिल्ममा अल्लु अर्जुनको अपोजिटमा मृणाल ठाकुर कन्फर्म

काठमाडौँ – दक्षिण भारतीय अभिनेता अर्थात पुष्पा फेम अल्लु अर्जुन र निर्देशक एटलीले एउटा महत्वाकांक्षी साइ फाई फिल्मको लागि मिलेर काम गरिरहेका छन् ।

जसलाई अस्थायी रूपमा एए २२ ए सिक्स नाम भनिएको छ । सन पिक्चर्सले ६०० करोडभन्दा बढीको बजेटमा निर्माण गरिरहेको यो चलचित्रको कामका बारेमा हालै सार्वजनिक भएको थियो, जसले निकै चर्चा मच्चाएको थियो ।

पेपिङमुन डटकमको पछिल्लो रिपोर्ट अनुसार निर्माताहरूले मुरनल ठाकुरलाई यस मेगा बिगमा अल्लु अर्जुनको अपोजिट महिला मुख्य भूमिका खेल्न लक गरेका छन्। अभिनेत्रीले मुम्बईको एक स्टुडियोमा फिल्मको तीन महिला मुख्य भूमिका मध्य एक भुमिकामा खेल्नको लागि लुक टेस्ट गराएकी थिइन ।

त्यसो त मृणाल बाहेक निर्माताहरूले जान्हवी कपूर र दीपिका पादुकोणसँग पनि अन्य बाँकी दुई मुख्य भूमिकाका लागि कुराकानी गरिरहेका छन्। जान्हवी लगभग लक भइसकेको भनिए पनि दीपिकासँग भने वार्ता जारी नै रहेको छ । र, अभिनेत्री चाँडै नै यस फिल्मका लागि कन्भिन्स हुन सक्ने जनाइएको छ ।

एए २२ ए सिक्सलाई उच्च अवधारणाको रूपमा परिकल्पना गरिएको छ। । भिएफएक्स संचालित समानान्तर ब्रह्माण्डमा सेट गरिएको छ, जसमा अल्लु अर्जुनले आफ्नो करियरको पहिलो दोहोरो भूमिका खेल्दैछन् । यसै वर्षको अगस्ट र सेप्टेम्बरका बिचमा फिल्मलाई फ्लोरमा लैजाने लक्ष्यका कारण निर्माण पक्षले प्रि–प्रोडक्सन सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?