मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नियम तोडेको भन्दै एप्पल र फेसबुकई युरोपेली आयोग लगायो ७०० युरो जरिवाना

काठमाडौँ – युरोपेली संघले एप्पल र मेटा (फेसबुक) लाई ब्लकको ल्यान्डमार्क डिजिटल मार्केट्स ऐन उल्लङ्घन गरेको भन्दै७०० मिलियन यूरो जरिवाना गरेको छ।

विश्वका बिग टेक फर्महरूको शक्तिमा लगाम लगाउन डिजाइन गरिएको नयाँ नियम अन्तर्गत पहिलो पटक यो जरिवान र प्रतिबन्ध जारी गरिएको हो । एप विकासकर्ताहरूले वैकल्पिक बिक्री र प्रस्तावहरूको बारेमा प्रयोगकर्ताहरूसँग सञ्चार गर्ने तरिकालाई प्रतिबन्धित गरेकोमा एप्पललाई ५०० मिलियन जरिवाना लगाइएको थियो।

मेटालाई भने यसको विवादास्पद ‘भुक्तानी वा सहमति’ मोडेलको लागि २०० मिलियन यूरो जरिवाना गरेको छ । जसले इयुमा प्रयोगकर्ताहरूलाई या त फेसबुक र इन्स्टाग्राममा विज्ञापन रहित पहुँचको लागि भुक्तान गर्न वा लक्षित विज्ञापनहरूमा हेर्न बाध्य पारेको छ ।

इयुको युरोपेली दण्ड आयोगका कार्यकारी निकायद्वारा एक वर्ष लामो अनुसन्धान पछिकम्पनीहरूले डिएमए (युरोपेली कानुन) को पालना गरिरहेका छन कि छैन भनेर गत वर्ष अध्ययन गरेको थियो ।

यसको जरिवानाको साथसाथै एप्पलले बन्द आदेश प्राप्त गरेको छ, अबको जुन महिनाको अन्त्यसम्ममा यसको एप स्टोर सञ्चालनहरूमा थप परिवर्तनहरू गर्न आवश्यक छ। यदि कम्पनीले पालना गर्न असफल भयो भने आयोगले निरन्तर उल्लंघनको लागि पुनः दैनिक रूपमा जरिवाना लगाउन सक्छ।

उता, दण्ड अधिकारीहरूले मेटाले गत वर्षको अन्त्यमा प्रस्तुत गरिएका परिवर्तनहरू पनि समीक्षा गरिरहेका छन् कि यसको अद्यावधिक मोडेलले नियमलाई सन्तुष्ट गर्छ कि गर्दैन भनेर मूल्याङ्कन गर्ने जनाएको छ।

सो आयोगले जोड दियो कि बुधवारको जरिवाना प्रक्रियागत प्रकृतिको हो । युरोपेली आयोगको ‘एन्टी ट्रस्ट’ नियम अन्तर्गत जारी गरिएको जरिवाना भन्दा उल्लेखनीय रूपमा सानो छ । जसले प्रतिस्पर्धालाई प्रोत्साहित गर्ने र कम्पनीहरूलाई एकल बजारमा एकाधिकार अन्त्य गर्ने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?