काठमाडौं। नयाँ घर बनाउँदा वास्तुशास्त्रको अनुसरण गर्दा न केवल सौन्दर्य र संरचनात्मक सन्तुलन मिल्छ, तर घरमा बस्ने मानिसको स्वास्थ्य, शान्ति र समृद्धिमा समेत सकारात्मक प्रभाव पर्छ। वास्तुका अनुसार भर्याङ (सिंढी) को स्थान र दिशा विशेष महत्त्वपूर्ण मानिन्छ।
दक्षिण–पश्चिम दिशा किन उपयुक्त?
वास्तु अनुसार घरको दक्षिण–पश्चिम (नैऋत्य) दिशा स्थायित्व र मजबूतीको प्रतीक मानिन्छ। यस दिशामा भर्याङ राख्दा घरको ऊर्जा सन्तुलनमा सहयोग पुग्छ। साथै, सिंढी उत्तरबाट सुरु भएर दक्षिणतर्फ टुंगिनु शुभ मानिन्छ, जसले जीवनमा निरन्तर प्रगति र सफलता ल्याउने विश्वास गरिन्छ।
मध्यभागमा किन नराख्ने?
घरको मध्यभाग (ब्रह्मस्थान) लाई अत्यन्त पवित्र र खुला राख्नुपर्ने मान्यता छ। यहाँ भर्याङ राख्दा ऊर्जा प्रवाह अवरुद्ध हुने, तनाव, विवाद, वा अशान्तिको सम्भावना बढ्ने बताइन्छ।
वैकल्पिक दिशा र मुख
यदि दक्षिण–पश्चिममा सम्भव छैन भने, दक्षिण–पूर्व (अग्निकोण) मा पूर्वमुखी भर्याङ वा उत्तर–पश्चिम (वायव्य) मा पश्चिममुखी भर्याङ बनाउने विकल्प पनि शुभ मानिन्छ।
सिंढी कस्तो हुनु पर्छ?
सिंढीको निर्माण सरल, सुरक्षित र चढ्न सजिलो हुनु आवश्यक छ। अत्यधिक उचाइ वा साँघुरो सिंढीले दैनिक जीवनमा असहजता र जोखिम ल्याउन सक्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया