मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रानी मुखर्जीको बहुप्रतिक्षित पुलिस एक्शन थ्रिलर मर्दानीः३ को रिलिज मिति तय

काठमाडौँ – यशराज फिल्म्सबाट रानी मुखर्जीको बहुप्रतिक्षित पुलिस एक्शन थ्रिलर मर्दानीः३ को रिलिज मिति तय भएको छ । एशराज फिल्मका अनुसार २०२६ को होलीमा यो फिल्म ठूला पर्दामा आउने कन्फर्म भएको छ। सो स्टुडियोले भयंकर फर्स्ट लुक पोस्टर र आधिकारिक रिलिज मिति घोषणा गरेको छ ।

अभिराज मिनावालाद्वारा निर्देशित हिट फ्रेन्चाइजको तेस्रो किस्ता होली पर्वको एक हप्ता अघि २७ फेब्रुअरी २०२६ मा थिएटरमा जानेछ । फर्स्ट लुक पोस्टरमा रानीलाई बन्दुक समातेर कसैलाई लक्षित गरिएको उग्र लुक देखाइएको छ।

नायिकाले निडर र न्याय संचालित प्रहरी अफिसर एसपी शिवानी शिवाजी रोयको भूमिकालाई दोहोरयाउने छिन्। निर्माताहरूका अनुसार आगामी फिल्म सामान्य चाडपर्वमा रिलिज नभई रानीको चरित्र र भयावह शक्तिहरू बीचको नाटकीय र हिंसात्मक सामना हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?