काठमाडौँ – भिटामिन डी एक किसिमको फ्याटमा घुलनशील भिटामिन हो, जसलाई हामी ‘सनशाइन भिटामिन’ पनि भन्छौं। यसको मुख्य स्रोत सूर्यको किरण हो, जसको सम्पर्कमा आउँदा हाम्रो छालाले यो भिटामिन आफैं उत्पादन गर्छ।
शरीरमा पाइने भिटामिन डीले क्याल्सियम र फस्फोरसको अवशोषणमा सहयोग गर्छ, जुन हड्डी बलियो बनाउन अत्यावश्यक हुन्छ। यस्तै, यसले मांसपेशी, मुटु, फोक्सो र मस्तिष्कको क्रियाकलापलाई पनि सन्तुलित राख्न मद्दत गर्छ।
भिटामिन डीको कमी हुनुका कारण
हाम्रो शरीरमा पर्याप्त मात्रामा भिटामिन डी नहुँदा यसको कमी देखिन्छ।
विशेषगरी ६५ वर्षभन्दा माथिका व्यक्तिहरू, मोटोपन भएका व्यक्ति तथा कालो छालाका व्यक्तिमा भिटामिन डीको कमी हुने सम्भावना बढी हुन्छ।
यसको गम्भीर कमी हुँदा वयस्कमा ओस्टियोपोरोसिस (हड्डी कमजोर हुने रोग) तथा बच्चामा रिकेट्स (हड्डी बांगिने रोग) हुन सक्छ।
भिटामिन डीको कमीका लक्षणहरू
ढाड र हड्डी दुखाइ
घाउ ढिलो निको हुनु
मुड स्विङ्ग (मनसायमा उतारचढाव)
कपाल झर्ने
उच्च रक्तचाप
पाचन समस्याहरू
मांसपेशी दुखाइ
गर्भधारणमा समस्या (बाँझोपन)
भिटामिन डीका फाइदाहरू
रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउँछ
नसा र मांसपेशीको कार्य नियन्त्रण गर्छ
क्यान्सरको जोखिम कम गर्छ
हड्डी, मांसपेशी र लिगामेन्ट बलियो बनाउँछ
मानसिक तनाव र डिप्रेसन कम गर्न सहयोगी
हालका दिनहरूमा बालबालिकामा भिटामिन डीको कमी बढ्दै गएको छ। जुन मोबाइल र टिभीमा अत्यधिक समय बिताउने कारण हो। त्यसैले बालबालिकालाई बिहानको घाममा समय बिताउन प्रोत्साहित गर्नु आवश्यक छ।
भिटामिन डीका प्राकृतिक स्रोतहरू
अण्डाको पहेंलो भाग
हरियो सागसब्जी
मूला, गाजर
सुन्तलाको रस, कागती
बन्दकोबी, टमाटर
टुना माछा, अन्य माछा
मक्खन, सोया, च्याउ
गाईको दूध, दही
र सबैभन्दा महत्वपूर्ण स्रोत भनेकै बिहानको घाम हो।
यसले शरीरमा भिटामिन डी निर्माणमा सहयोग गर्नुका साथै छालाका रोगहरूबाट पनि बचाउँछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया