मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउडका चर्चित फिल्ममेकर करन जौहरले ४ महिना मै घटाए १७ केजी तौल

काठमाडौँ – बलिउडका चर्चित फिल्ममेकर करण जोहरले भर्खरै आफ्नो जबरदस्त परिवर्तनले सबैलाई चकित पारेका छन् । हालै ५२ वर्षको उमेरमा मात्र चार महिनाको मेहनतमा १७ केजी तौल घटाएर लगन र अनुशासनका साथ जुनसुकै उमेरमा फिटनेस हासिल गर्न सकिन्छ भन्ने प्रमाणित गरेका छन् ।

करणले इन्स्टाग्राम लाइभमा भनेका छन कि उनले व्यायाम र डाइटिङ गरेर मात्र समस्या कम गरेका हुन् । आफ्नो स्वास्थ्य जाँचका क्रममा करण जोहरले आफ्नो रगतमा चिनीको मात्रामा असन्तुलन भएको पत्ता लगाएका थिए ।

यसबाट प्रेरित भएर उनले आफ्नो जीवनशैली परिवर्तन गर्ने निर्णय गरे र तौल घटाउने प्रक्रिया सुरु गरे। उनको उद्देश्य राम्रो देखिनु मात्र होइन, स्वस्थ जीवन जिउनु पनि थियो ।

करणले आफ्नो आहारमा कार्बोहाइड्रेट र चिनीको मात्रा घटाएर फाइबर युक्त खानेकुरा थप गरेका थिए। र, उनले दिनमा एकपटक मात्रै खाने रणनीति अपनाए, जसले उनलाई तौल घटाउन मद्दत गर्‍यो। व्यायामको रूपमा उनले आफ्नो दैनिक दिनचर्यामा योग, पौडी र प्याडल बलजस्ता गतिविधिहरू समावेश गरेका थिए ।

खासमा उनले हप्ताको चार दिन ३० देखि ४० मिनेटको कसरत गरेका थिए, जसमा वजन प्रशिक्षण र पूल कसरत समावेश थियो। करण जोहरमाथि तौल घटाउन ओजेम्पिक जस्ता औषधि प्रयोग गरेको आरोप लागेको थियो ।

तर, उनले यी अफवाहको खण्डन गर्दै आफ्नो परिवर्तन पूर्णतया प्राकृतिक भएको र आफूले कुनै औषधि वा शल्यक्रिया नगरेको पनि स्पष्ट पारेका छन । यो परिवर्तन आफ्नो कडा परिश्रम, सही खानपान र नियमित व्यायामको परिणाम भएको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?