मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेप्से २६ अङ्कले बढेसँगै आज कारोबार रकम पनि बढ्यो

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ परिसूचक २६ दशमलव ४९ अङ्कले बढेर दुई हजार ७२२ दशमलव ७३ को विन्दुमा कायम भएको छ ।

आज तीन सय ११ कम्पनीको दुई करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर ९० हजार ५५५ पटक खरिदबिक्री हुँदा रू १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार २८२ दशमलव ३२ को कारोबार भएको नेप्सेले जनाएको छ ।

साताको अन्तिम कारोबार दिन आज बजारसँगै कारोबार रकम पनि बढेको हो । आज एक सय ८७ कम्पनीको सेयर मूल्य बढ्दा ५९ कम्पनीको मूल्य घटेको छ ।

अघिल्लो दिन रू सात अर्ब २६ करोड ५१ लाख २२ हजार दुई सय ४१ बराबरको कारोबार भएको थियो । आज व्यापार शून्य दशमलव १५ प्रतिशतले घटेको छ भने अन्य सबै समूहका परिसूचक बढेका छन् ।

आजको कारोबारमा नेपाल माइक्रो इन्सोरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज एनआएसी एसिया डिवेन्चरको सेयर मूल्य सबैभन्दा बढी चार दशमलव ७९ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?