मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नातिनी जन्मने बितिक्कै सुनिलले ज्वाईं केएल राहुलसँग मिलेर किने करोडौंको जमिन

काठमाडौँ – बलिउडको सबैभन्दा ग्ल्यामरस जोडी मध्ये एक आथिया शेट्टी र क्रिकेटर केएल राहुल हालै आमाबुवा बनेका छन् । दुवैको घरमा एउटा सानो परी आएकी छिन् । यस अवसरमा सम्पूर्ण परिवार धेरै खुसी छन ।

यसै बिच, अब राहुलका ससुरा र अथियाका बुबा सुनील शेट्टीले ठूलो निर्णय लिएका छन्। खासमा सुनिलले ज्वाईं केएल राहुलसँग मिलेर करोडौं मुल्यको जमिन किनेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार सुनिल शेट्टीले हालै ज्वाइँ केएल राहुलसँग करोडौंको ७ एकड जमिन किनेका छन । सुनिल शेट्टी हालै हजुरबुवा बने पछि ससुरा र ज्वाइँ मिलेर जग्गा खरिद गरेका हुन । यो निर्णयले परिवार पनि थप खुसीमा रहेको छ। यो जग्गाको मूल्य करोडौं रहेको बताइएको छ ।

नवभारत टाइम्सको रिपोर्ट अनुसार सुनील शेट्टी र केएल राहुलको यो नयाँ जग्गाको मूल्य ९.८५ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ । स्क्वायर यार्डहरूको दर्ता महानिरीक्षकले कागजातहरूको निरीक्षणको क्रममा यो जानकारी प्रकाशमा आएको हो।

सुनिल शेट्टी र केएल राहुलले यस जग्गाको लागि ६८.९६ लाख रुपैयाँ स्ट्याम्प शुल्क र ३० हजार रुपैयाँ दर्ता शुल्क तिरेका छन्। यो जग्गा मुम्बईको ठाणे पश्चिमको ओवाले क्षेत्रमा अवस्थित रहेको छ।

सुनील शेट्टी र केएल राहुलसँग पहिले नै करोडौंको सम्पत्ति छ। यदि केएल राहुल र आथियाको नेटवर्थको कुरा गर्ने हो भने यो प्लटसहित लगभग १३० करोड रुपैयाँ रहेको बताइएको छ । यस बाहेक उनको मुम्बई, गोवा र बेंगलुरुमा लक्जरी घरहरू छन्, जुन प्राइम लोकेशनमा बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?