काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य एकैपटक ३६०० रुपैयाँ बढेको हो। अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको थियो ।
यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन १९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १९६० रुपैयाँ पुगेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया