काठमाडौं। पछिल्लो समय फराकिलो बन्दै गइरहेको नेपाली गीत-संगीतको बजारमा नयाँ गीत ‘तिम्रै कारण’ सार्वजनिक भएको छ ।
शशि विक्रम थापा र शान्तिश्री परियारको आवाज रहेको यो गीत सुनाखरी मल्टिमिडिया फाउण्डेशनद्वारा निर्माण भई सुनाखरी मल्टिमिडियाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
माधव थापाको शब्द तथा संगीत रहेको गीतमा श्रीराम रायमाझीले संगीत संयोजन गरेका छन् । म्युजिक भिडियोमा पुष्प खड्का र ललना चिमरियाको अभिनय देख्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया