मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शैफअली खानमाथिको आक्रमणमा नयाँ मोड: २० औंठाछापमध्ये १९ मेल खाएनन्

काठमाडौं। बलिउड अभिनेता शैफअली खानमाथि भएको आक्रमण घटनामा नयाँ मोड आएको छ। करिब तीन महिनाअघि, जनवरी १६ को राति खानमाथि मुम्बईस्थित उनको निवासमा आक्रमण भएको थियो। घटनामा संलग्न भनिएका अभियुक्त मोहम्मद शरीफुल इस्लामले चोरी गर्ने उद्देश्यले घरमा प्रवेश गरेर खानमाथि चक्कु प्रहार गरेका थिए।

मुम्बई प्रहरीले हालै घटनासम्बन्धी १००० पृष्ठ लामो आरोपपत्र दायर गरेको छ। उक्त आरोपपत्रमा उल्लेख अनुसार, खानको घरबाट संकलित २० वटा औंठाछापमध्ये १९ वटा शरीफुलसँग मेल खाएनन्।

राज्य सीआईडी फिङ्गरप्रिन्ट ब्यूरोमा पठाइएका ती औंठाछापमध्ये बाथरूमको ढोका, शयनकक्षको स्लाइडिङ ढोका, र दराजको ढोकामा भेटिएका छापहरू अभियुक्तका नभएको स्पष्ट रूपमा उल्लेख गरिएको छ।

‘नेटवर्क १८’ को रिपोर्टअनुसार मुम्बई प्रहरी स्रोतले औंठाछाप नमिल्नुलाई ठूलो कुरा नमानिएको पनि बताएका छन्। उनीहरूका अनुसार, धेरै मानिसहरूले एउटै सतह छुने हुँदा औंठाछाप नमिल्ने सम्भावना स्वाभाविक हो।

तर यस घटनामा तीनवटा चक्कुका टुक्रा महत्वपूर्ण प्रमाणका रूपमा प्रस्तुत गरिएको छ। एक टुक्रा अपराध स्थलबाट, एक टुक्रा खानको शरीरबाट र तेस्रो टुक्रा शरीफुलबाट बरामद गरिएको। तीनै टुक्रा एकै प्रकारका भएको प्रहरीको दाबी छ।

प्रहरीले अदालतमा पेस गरेको प्रमाणहरू सीसीटीभी फुटेज (खानको घरको सिँढीमा देखिएको अभियुक्त), शरीफुलको अनुहार पहिचान रिपोर्ट, घरका कर्मचारीहरूका अगाडि गरिएको परेड रिपोर्ट, फोरेन्सिक प्रयोगशाला परीक्षण रिपोर्ट पेश गरेको  थियो।

प्रहरी अनुसार, शरीफुलले ३०,००० रुपैयाँको नक्कली आधार कार्ड बनाउन पैसा जुटाउने उद्देश्यले चोरी गर्न खोजेका थिए। उनी बंगलादेशी नागरिक हुन् र “विजय दास” नामको नक्कली परिचय प्रयोग गरी मुम्बईमा बस्दै आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?