अमेरिकाबाट रामप्रसाद खनालको नयाँ माया प्रेम गीत ‘बाँकी छ हेर’ सार्वजनिक

काठमाडौँ। वरिष्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनालले नयाँ गीत “बाँकी छ हेर” सार्वजनिक गरेका छन्। गीतमा खनालकै शब्द, स्वर रहेको छ भने थानेश्वर गौतमको संगीत र बीबी अनुरागीको संगीत संयोजन रहेको छ।

१८ वर्षदेखि अमेरिकामा बस्दै आएका खनालले यस गीतलाई अमेरिका बाटै रिलिज गरेका हुन्। गीत माया–प्रेममा आधारित छ। भिडियोमा खनालसहित सरोज प्रजा र सोनी विश्वकर्माले अभिनय गरेका छन्।

सुरेन्द्र बसेलको निर्देशनमा बनेको भिडियोमा पुष्कर पन्तसहित एक दर्जनभन्दा बढी कलाकारको अभिनय छ। छायांकन देव दोर्जे लामा, सम्पादन राकेश दाहाल र नृत्य निर्देशन बबिता पोखरेलले गरेका छन्। गीत प्रिज्मा स्टुडियोमा रेकर्ड गरिएको हो।

खनालले हालसम्म १२००+ गीत गाइसकेका छन् र ५५ भन्दा बढी एल्बम प्रकाशित भइसकेका छन्। रेडियो नेपालका विशिष्ट श्रेणीका गायक खनाल अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्षसमेत हुन्।
अमेरिकामा व्यवसायसँगै कलाकारिता र पत्रकारितालाई पनि निरन्तरता दिँदै आएका छन्। नेपालमा लोक दोहोरीको विकासमा उल्लेखनीय योगदान दिएका खनालका धेरै शिष्यहरू आज राष्ट्रिय स्तरमा स्थापित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?