सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। स्थानीय बजारमा आइतबार (आज) सुनको मूल्यमा नयाँ कीर्तिमान बनेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारमा शुक्रबार सुनको मूल्य तोलामा १ लाख ८५ हजार रुपैयाँ कायम थियो । 

आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार एक हजार ९०५ रुपैयाँ पुगेको चाँदी आज एक हजार ९६० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?