मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले आईसीसी महिला विश्वकप एसिया छनोटका लागि दोस्रो चरणको बन्द प्रशिक्षणका २० खेलाडीलाई बोलाएको छ ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार आगामी मे महिनामा थाइल्याण्डमा हुने आईसीसी महिला विश्वकप एसिया छनोटका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा खेलाडीलाई बोलाएकोे हो ।

दोस्रो चरणको तयारीका लागि इन्दु वर्मा, बिन्दु रावल, सम्झना खड्का, रुबिना छेत्री, रोमा थापा, कविता जोशी, यशोदा बिष्ट, रुबी पोद्दार, राजमती ऐरी, काजल श्रेष्ठ, पूजा महतो, कविता कुँवर, सबनम राई, ईश्वरी बिष्ट, सोमु बिष्ट, मनीषा उपाध्याय, रचना चौधरी, सिता राना मगर, सिमाना केसी र रिया शर्मालाई बोलाइएकोे हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?