काठमाडौँ। गर्मीमा धेरै समय एसीमा बस्दा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ। एसीले वातावरणको आर्द्रता घटाउँछ, जसले छाला सुख्खा, घाँटी र नाकमा जलन, र आँखामा समस्या ल्याउन सक्छ।
लामो समय चिसोमा बस्दा शरीरको तापक्रम सन्तुलनमा असर पर्छ र थकान, टाउको दुख्ने, रुघाखोकी जस्ता समस्या देखा पर्न सक्छन्। एक्कासी चिसोबाट तातोमा जानाले ज्वरो वा संक्रमणको जोखिम बढ्छ। त्यसैले एसीको प्रयोग सन्तुलित हुनुपर्छ। पानी प्रशस्त पिउनु, नमी कायम राख्ने उपाय अपनाउनु र समय-समयमा खुला हावामा बस्नु आवश्यक हुन्छ। सावधानी अपनाउँदा स्वास्थ्य सुरक्षित रहन्छ।
केही स्वास्थ्यसम्बन्धी समस्यायस्ता छन्
१.छालाको समस्या
एसीमा लामो समय बस्दा हावामा भएको चिसोपनले छाला सुख्खा र कडा हुने गर्छ। यसले एलर्जी, चिलाउने समस्या वा त्वचामा क्र्याक पनि ल्याउन सक्छ।
२.सास फेर्ने समस्या
एसीले वातावरणको आर्द्रता घटाउँछ। यसले घाँटी सुख्खा हुनु, नाक बन्द हुनु वा दम भएका व्यक्तिको अवस्था बिग्रन सक्छ।
३.थकान र टाउको दुख्ने
एसीको अत्यधिक प्रयोगले शरीरको तापक्रम नियन्त्रण गडबडी हुन्छ, जसले थकान, झम झम लाग्ने वा टाउको दुख्ने असर पार्न सक्छ।
४. तापक्रममा अचानक परिवर्तन
एक्कासी धेरै चिसो एसी कोठा बाट धेरै गर्मी (बाहिरको मौसम) मा जानु पर्दा शरीरले सन्तुलन बनाउन नसक्दा रुघाखोकी, ज्वरो आउने सम्भावना बढ्छ।
५.आँखा सुख्खा हुने
विशेष गरी कम्प्युटर स्क्रिन हेर्नेहरूका लागि एसीमा धेरै बस्दा आँखामा नमी कम भएर जलन वा धुंधलोपन महसुस हुन सक्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया