मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शान्ति श्री परियार र हेमराज थापाको स्वरमा ‘मुटु मै लेखे’ सार्वजनिक

काठमाडौँ। चर्चित गायिका शान्ति श्री परिवार र गायक हेमराज थापा बाबुराजाको स्वरमा रहेको लोक दोहोरी डान्सिङ गीत “मुटु मै लेखे” को भिडियो सार्वजनिक भएको छ।

देव बोहरा र गायक हेमराज थापा (बाबुराज) संयुक्त शब्द रहेको गीतमा गायक  हेमराज थापाले नै संगीत भरेका छन्। उक्त गीतलाई पुस्कर खत्रीले एरेञ्ज गरेका छन्।  भिडियोमा चर्चित मोडल कैलाश कठायत र सालिना खत्रीले अभिनय गरेका छन्।

यो गीतले दर्शक–श्रोताको मन जित्ने विश्वास लिइएको मोडल कैलाश कठायतले बताएका छन्। उनले भने ‘मन छुने शब्द, सुमधुर संगीत र रमाइलो नृत्य समेटिएको  यो गीतलाई दर्शकको मन मुटुमा बस्ने बिश्वास गरेको समेत बताएका छन्।

लोक संस्कृतिको झल्को दिने यस प्रकारका गीतहरूले नेपाली मौलिकता र पहिचानलाई समेट्दै अघि बढिरहेको पाइन्छ। दुर्गा पौडेलले छायांकन गरेको भिडियोलाई राजेश कुमारले सम्पादन गरेका छन्।  उक्त भिडियोलाई राज़ आलेले कोरियोग्राफी गरेका हुन् । उक्त भिडियोलाई शेर साउदले निर्देशन गरेका छन् ।

भिडियो:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?