मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ए डिभिजन लिग बैशाख २० वाट सुरू हुने

काठमाडौँ – अखिल नेपाल फुटबल संघले यहि २०८२ बैशाख २० गतेबाट ए डिभिजन सुरू हुने भएको छ। ए डिभिजन क्लबहरु सहभागी हुने लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

साथै, आज एन्फा कम्प्लेक्स, सातदोबाटोमा, एन्फा र ए डिभिजनका १४ क्लबहरू बीच AFC Club Competition 2025/26 सिजनको बारेमा विस्तृत छलफल भएको थियो।

एन्फा महासचिव किरण राईले यही २०८२ बैशाख २० गतेबाट सो फुटबल प्रतियोगिता आयोजना गर्ने र सो प्रतियोगिताको विजेताले AFC Club Competition 2025/26 सिजनमा भाग लिन पाउने प्रस्ताव गरेका थिए।

एन्फा सिइओ इन्द्रमान तुलाधरले प्रतियोगिताको अन्य विषयका बारेमा प्रष्ट पारेका थिए। महासचिवको प्रस्तावमा बैठकमा सहभागी सबै क्लबहरु अत्यन्तै सकारात्मक भइ सहमति जनाएका छन्।

प्रतियोगिताको लागि यहि वैशाख १० गतेभित्र टिम दर्ता र वैशाख १५ गतेभित्र न्यूनतम खेलाडी दर्ता गर्ने सहमति पनि भएको छ।प्रतियोगितासँग सम्बन्धित अन्य सबै पक्षहरूको बारेमा आगामी दिनमा छलफल जारी राख्ने निर्णय भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?