मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मानसी बनिन् ‘इन्डियन आइडल’ सिजन १५ की विजेता

काठमाडौँ। कोलकाताकी मानुषी घोष गायन रियालिटी शो इण्डियन आइडल–१५ को विजेता घोषित भएकी छन्।

फाइनलमा पुग्ने उत्कृष्ट पाँच प्रतियोगीमध्ये खड्गपुरका सुभाजित चक्रवर्ती दोस्रो र मुम्बईका स्नेहा शंकर तेस्रो स्थानमा राख्दै उनी प्रथम भएकी हुन् । फाइनलमा मानुषी, सुभाजित र स्नेहा शंकरबीच कडा प्रतिस्पर्धा भए पनि भोटका आधारमा मानुषी विजयी घोषित भएकी हुन् ।

पुरस्कार स्वरूप उनले विजयी ट्रफीसहित २५ लाखको चेक र कार प्राप्त गरेकी छिन भने दोस्रो र तेस्रो हुने क्रमशः सुभाजित र स्नेहाले ५–५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

यस वर्ष शोको फाइनलमा बंगालको दबदबा देखियो। शीर्ष पाँच सहभागी मध्ये तीनजना त पश्चिम बंगालका थिए। मानसी र सुभाजितको मित्रता शोमा आउनु अघिको हो र शोमा दुवैले एकअर्कालाई दाजुभाइ र बहिनीको रूपमा मान्न गर्दथे।

विजेता बनेपछि मानसीले भनिन्, ‘मैले यो ट्रफी जितेको छु भनेर अझै पत्याउन सकिरहेको छैन। म भाग्यमानी छु कि मलाई मेरा आमाबुवा, गुरु, दर्शक र निर्णायकबाट यति धेरै माया मिलेको छ। अहिले मेरो दिमागमा धेरै कुरा चलिरहेको छ र म केही भन्न सक्दिन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?