मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पथरीको जिरिखिम्तीमा नाक, कान, घाँटी सम्बन्धी नि:शुल्क शिविर

पथरी – मोरङको पथरीशनिश्चरे-१० स्थित जिरिखिम्तीमा रहेको कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिसँगको सहकार्यमा विराटनगरमा रहेको दिव्यज्योति अस्पतालले स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

नाक कान घाँटी र आँखा सम्बन्धी सेवा दिने उद्देश्यले शनिबार सञ्चालित उक्त शिविरमा करिब १५० जना सेवाग्राहीले सेवा लिएको कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिका सचिव प्रेम केडीले जानकारी दिए।

संस्थाको भवनमा सम्पन्न शिविरमा आँखा रोग विशेषज्ञ डा. प्रिया मण्डल र नाक, कान, घाँटी रोग विशेषज्ञ मुकेश ठाकुरले सेवा दिएका थिए। शिविरबाट पथरीशनिश्चरेका विभिन्न वडाका सेवाग्राहीहरू लाभान्वित भएका छन्।

नगरकै सबैभन्दा पुरानो संस्थाको रुपमा चिनिएको कञ्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिले प्राकृतिक विपत्तिमा परेकाहरूलाई सहयोगका साथै स्थानीय युवाहरूलाई खेलकुद तथा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।

सोही संस्थाका युवाहरूले गत तिहारमा खेलेको देउसी-भैलो कार्यक्रमबाट संकलित रकमले पुस्तकालय सञ्चालन समेत गर्ने तयारी भइरहेको संस्थाका सचिव प्रेम केडीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?