मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट

काठमाडौँ – वैज्ञानिकहरूले दुई सेतो बौना ताराहरूको दुर्लभ जोडी मात्र १५० प्रकाश वर्षको दूरीमा फेला पारेका छन्। आउँदै गरेको अरबौं वर्षहरूमा यी दुई ताराहरू टक्कर हुनेछन् र त्यसपछि विनाशकारी टाइप वान ए सुपरनोभा विस्फोटमा परिणत हुनेछ। यो विस्फोट यति उज्यालो हुनेछ कि यसले चन्द्रमा भन्दा १० गुणा बढी प्रकाश फैलाउने छ र केही क्षणको लागि सम्पूर्ण आकाश गंगालाई चम्काउने छ।

यो खोज अप्रिल ४ मा नेचर एस्ट्रोनोमी जर्नलमा प्रकाशित भएको छ । यो दुईवटा सेतो बौना ताराहरूको बाइनरी प्रणाली हो, जो बिस्तारै एकअर्कातर्फ तानिरहेका छन्। तिनीहरूको कुल पिण्ड हाम्रो सूर्यको १.५६ गुणा भन्दा बढी रहेको छ ।

तिनीहरूलाई टाइप वान ए सुपरनोभा बन्नको लागि आदर्श मानिएको छ । हाल यी ताराहरू १४ घण्टामा एउटा परिक्रमा पूरा गर्छन् तर २३ अर्ब वर्षपछि ठोक्किए पछि तिनीहरूको गति यति तीव्र हुनेछ कि तिनीहरूले ३०–४० सेकेन्डमा एउटा परिक्रमा पूरा गर्नेछन्।

यो एक विशेष प्रकारको सुपरनोभा हो, जुन सेतो बौना ताराले आफ्नो सहयात्री ताराबाट अत्यधिक द्रव्यमान चुस्दा र अन्ततः टक्कर हुँदा हुन्छ। यो विस्फोट यति शक्तिशाली छ कि यसले केही समयको लागि सम्पूर्ण आकाशगंगालाई उज्यालो बनाउँछ। हाम्रो मिल्की वे ग्यालेक्सीमा यस्तो विस्फोट प्रत्येक ५०० वर्षमा एक पटक हुन्छ।

यो विस्फोट कसरी हुनेछ ?

वैज्ञानिकहरूको अनुसार यो विस्फोट चार चरणहरूमा हुनेछ ।

पहिलो विस्फोटः एउटा ताराले अर्कोबाट पिण्ड तान्नेछ र यसको सतहमा विस्फोट हुनेछ।

दोस्रो विस्फोटः पहिले ताराको कोर विस्फोट हुनेछ र पदार्थ सबै दिशामा फैलिनेछ।

तेस्रो र चौथो विस्फोटः यो सामग्री अर्को तारासँग ठोक्किनेछ र फेरि विस्फोट हुनेछ।

अन्तिम विस्फोटः दुबै ताराहरू पूर्ण रूपमा नष्ट हुनेछन् र चम्किलो सुपरनोभा बन्नेछ।

यस विस्फोटको ऊर्जा मानिसले बनाएको सबैभन्दा शक्तिशाली आणविक बम भन्दा हजार ट्रिलियन गुणा बढी हुनेछ ।

पृथ्वीमा कुनै खतरा छ ?

यो विस्फोट २३ बिलियन वर्ष पछि हुनेछ, जब सम्म हाम्रो ग्यालेक्सी रहन सक्दैन। यो पृथ्वीबाट यति टाढा छ कि यसले हामीलाई कुनै हानि नपुग्ने तर आकाशमा बृहस्पति भन्दा २ लाख गुणा बढी चम्किलो देखिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?