मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

युवालाई दमाहा बजाउने कला सिकाइँदै

कञ्चनपुर – भीमदत्त नगरपालिकाले नगर क्षेत्रका युवालाई दमाहा बजाउन सिकाउन थालेको छ । १५ दिने तालिमको व्यवस्था गरी नगरपालिकाले युवाहरुलाई दमाहा बाजा बजाउनमा पोख्त बनाउन थालेको हो ।

“सुदूरपश्चिम क्षेत्रको लोकसंस्कृतिमा दमाहा बाजाको महत्वपूर्ण स्थान रहेको छ,” नगर प्रमुख पदम बोगटीले भने, “दमाहा बाजा हराउँदै जान थालेकाले संरक्षण गर्न आवश्यक छ, नयाँ पिँढीका युवालाई सिकाउन तालिम दिन थालेका छौँ ।” परम्परागत बाजासँगै संस्कृति संरक्षणका कार्यक्रमलाई प्राथमिकतमा राखेर कार्यक्रम सञ्चालन गरिँदै आएको उनले बताए ।

कलासंस्कृति संरक्षणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा उनको जोड रहेको छ । दमाहा बाजा बजाउने सीप सिकेका युवाका लागि बजारीकरणका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले दमाह बाजा नेपालको मौलिक वाद्ययन्त्रमध्ये एक भएकाले यसको संरक्षण हुनु जरुरी भएकाले तालिम सञ्चालन गरिएको बताए ।
“सुदूरपश्चिमको संस्कृतिअनुसार परम्परागत समारोह, जात्रा तथा सांस्कृतिक पर्वहरूमा सगुनका रुपमा दमाह बाजा बजाइन्छ,” उनले भने, “आधुनिकताको प्रभावसँगै संस्कृतिसँग जोडिएको बाजाको प्रयोग घट्दै गएकाले संरक्षणका लागि तालिम आवश्यक छ ।” तालिममा महिला–पुरुष गरी १९ जनाको सहभागिता रहेको छ । तालिममा दमाहाको महत्व दर्शाउने कार्यसँगै कुन कार्यका लागि कुन तालमा बजाउने भन्नेबारे सिकाउने कार्य भइरहेको छ ।

बूढापाकाहरुले युवालाई दमाहा बजाउने कलाकौशल युवालाई सिकाउने कार्य गर्न थालेका छन् । पछिल्लो समय माङ्गलिक कार्यका लागि दमाहालगायतको पञ्चेबाजा बजाउनेहरुको कमी हुन थालेको छ । यस पेसाबाट जीविका धान्न निकै गाह्रो हुँदै गएपछि युवाहरुले यस पेसालाई छाड्दै गएका छन् । पेसा पलायन भएर युवाहरु अन्य कार्य गर्न थालेका छन् ।

“बूढापाकाहरुमा मात्रै दमाहा बजाउने सीप सीमित रहेको छ,” नगरपालिकाको सामाजिक विकास समितिका संयोजक सुशील भट्टले भने, “बूढापाकाहरुसँग रहेको दमाहालगायतका पञ्चैबाजा बनाउने कला नयाँ पुस्तामा पुस्तान्तरण गर्न आवश्यक भएकाले युवाहरुलाई तालिमका माध्यमबाट सिकाउने कार्य भइरहेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?