मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गर्भवती अवस्थामा कति घण्टा सुत्ने ? विशेषज्ञ भन्छन् निद्राले आमा र शिशुको स्वास्थ्यमा यस्तो असर पार्छ

काठमाडौँ। गर्भवती अवस्थामा महिलाले आफू र गर्भमा हुर्कँदै गरेको शिशुको स्वास्थ्यको ख्याल विशेष ध्यानपूर्वक गर्नुपर्ने हुन्छ। पोषण, व्यायाम, मानसिक सन्तुलनसँगै सबैभन्दा महत्त्वपूर्ण पक्षमध्ये एक हो निद्रा।

स्वास्थ्य विज्ञहरूका अनुसार गर्भावस्थामा पर्याप्त र गुणस्तरीय निद्राले आमाको शरीरलाई आवश्यक आराम दिने मात्र होइन। भ्रूणको विकासमा समेत सकारात्मक प्रभाव पार्दछ। गर्भवती अवस्थामा पर्याप्त निद्रा स्वस्थ मातृत्व र स्वस्थ शिशु दुवैका लागि अनिवार्य छ। दिनमा कम्तीमा ८–१० घण्टा सुत्न सक्नु।

सकेसम्म सुत्ने समय नियमित राख्नु र मानसिक रूपमा शान्त रहनु गर्भावस्थाको लागि निकै लाभदायक हुन्छ। यदि तपाईंलाई लगातार निद्रा नलाग्ने, सुत्दा असहज महसुस हुने वा सुत्ने क्रममा सास फेर्न गाह्रो हुने समस्या छ भने तुरुन्त चिकित्सकसँग परामर्श लिनु उपयुक्त हुन्छ। सुत्नु भनेको आराम मात्र होइन। गर्भवती महिलाको लागि जीवनको आधार पनि हो।

कति घण्टा सुत्नुपर्छ?
स्वास्थ्य विशेषज्ञहरू भन्छन्, गर्भवती महिलाले दिनमा औसत ८ देखि १० घण्टा सम्म सुत्नुपर्ने हुन्छ। सुत्ने समयमा रातिको गहिरो निद्रासँगै दिउँसो थकान महसुस हुँदा सानो ‘न्याप’ (छोटो निद्रा) लिनु पनि फाइदाजनक हुन्छ। तर, यो अवधि हरेक महिलाको शरीर, गर्भको अवस्था, उमेर र स्वास्थ्य अवस्थाको आधारमा केही फरक पर्न सक्छ।

निद्राको आवश्यकतालाई निर्धारण गर्ने कारणहरू
१. शारीरिक परिवर्तन – गर्भवती महिलाको शरीरमा हार्मोन परिवर्तन हुन्छ, पेट बढ्दै जान्छ, पिसाब चाँडो लाग्ने समस्या हुन्छ, जसले गर्दा रातभर लगातार सुत्न गाह्रो हुन सक्छ।
२. थकान र कमजोरी – शरीरले नयाँ जीवन हुर्काइरहेको हुँदा ऊर्जा धेरै खपत हुन्छ।
३. भावनात्मक उतारचढाव – तनाव, डर वा चिन्ताका कारण निद्रामा असर पर्न सक्छ।
४. शरीरको नयाँ अवस्था अनुसार समायोजन – सुत्ने अवस्थालाई बदल्नुपर्ने हुन सक्छ, जसका लागि समय लाग्न सक्छ।

राम्रो निद्राका लागि सुझावहरू
-सुत्ने समय नियमित बनाउनुहोस्। हरेक रात एउटै समयमा सुत्ने र बिहान एउटै समयमा उठ्ने बानी बसाल्नु राम्रो।
-बायाँ करवट परेर सुत्नुहोस्। यसले रक्तसञ्चार सहज बनाउँछ र भ्रूणलाई अधिक अक्सिजन मिल्न मद्दत गर्छ।
-गद्दा र ओछ्यान सहज बनाउनुहोस्। आरामदायी गद्दा, सिरक र तकिया प्रयोग गर्नुपर्छ।
-मोबाइल वा स्क्रिन प्रयोग कम गर्नुहोस्। निद्रामा असर नपरोस् भनेर सुत्नुअघि स्क्रिन टाढा राख्नु राम्रो।
-गर्भावस्थाका लागि उपयुक्त योग वा ध्यान सुत्नुअघि गर्दा मानसिक शान्ति मिल्छ।

निद्राको कमीले हुने सम्भावित जोखिम
उच्च रक्तचाप
गर्भकालीन मधुमेह
समयभन्दा अगाडि डेलिभरी
डिप्रेशन वा मानसिक तनाव
प्रसव समयमा जटिलता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?