सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा एकैदिन एक हजार २०० रुपैयाँले बढेको हो ।

योसँगै प्रतितोला छापावाल सुनको मूल्य १ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । हिजो सुन १ लाख ७९ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदी तोलामा २५ रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा १९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी २ हजार २० रुपैयाँमा किनबेच भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?