काठमाडौँ– क्यान्सर जुनसुकै पनि खतरनाक हुन्छन् । यदि यसको समयमै उपचार हुन सकेन भने क्यासरबाट मानिसको मृत्यु पनि हुन्छ । त्यसैले सुरुवाती चरणमै यसको राम्रोसँग उपचार गर्नुपर्छ । छाला क्यान्सर पनि एक हो ।
जुन सुरुवाती चरणमा लक्षण पत्ता लगाउन निकै समस्या हुन सक्छ । यदि स्कीन क्यान्सरको लक्षण समयमै पत्ता लगाउन सकेमा सजिलै निको हुन सक्छ । कसरी थाहा पाउने स्कीन क्यान्सरका लक्षण?
असामान्य गिर्खाहरू आउने
यदि तपाईँको शरीरमा असामान्य गिर्खाहरु आएको छ भने यो स्कीन क्यान्सरको लक्षण हुन सक्छ । यदि शरीरमा विभिन्न गिख्राहरु आएमा समयमै चेकअप गराउनु होला । गिख्रा आउनु, छालाको रंग वा रुपमा परिवर्तन आउनु यसको लक्षण हो । यसका साथै कालो, रातो वा निलो धब्बाहरु पनि देखिन सक्छन् । छाला पोल्नु वा रगत आउनु पनि क्यान्सरको लक्षण हुन सक्छ ।
छालामा घाउ वा निशान देखिनु
छालामा घाउ वा खटिरा आएर लामो समयसम्म निको नहुनु पनि क्यान्सर रोगको लक्षण हो । खुल्ला घाउहरु समय समय आउनु र आफै निको भएर फेरि आउन सक्छ । छालामा कुनै पनि किसिमको गाँठो आउनु पनि यसको लक्षण हो । यस्तो अवस्थामा डाक्टरलाई देखाएर परिक्षण गर्न सक्नुहुन्छ ।
सुन्निनु
शरीरको कुनै पनि भागमा सुन्निनु पनि क्यान्सरको लक्षण हो । यस्तो अवस्थामा तपाईले तुरुन्तै चिकित्सकहरुलाई पनि देखाउन सक्छ । शरीर मोटाउन, विभिन्न किसिमको घाउ आउनु र लामो समयसम्म निको नहुनु पनि यसको लक्षण हो ।
छालाको रङ्ग बदल्नु
शरीरको कुनै पनि भागको रङ्ग परिवर्तन हुनु पनि यसको लक्षण हो । छाला रातो वा गुलाबी निशान हुने र धब्बे बढ्ने पनि यसको लक्षण हो ।
शरीर चिलाउने
यदि तपाईको शरीर चिलाउने वा पोल्ने समस्या छ भने पनि क्यान्सरको लक्षण हुन सक्छ । यी छाला क्यान्सरको प्रमुख लक्षणहरु हुन् । तपाईहरुमा पनि यस्तै समस्या भएमा तुरुन्तै चिकित्सकसँग परामर्श लिनुहोला ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया