मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घरमै सजिलै डण्डीफोर हटाउने आठ घरेलु उपाय

काठमाडौँ। सफा र सुन्दर अनुहार सबैको चाहना हुन्छ। अनुहार हाम्रो आत्मविश्वास र व्यक्तित्वको झल्को हो। विशेषगरी किशोरावस्था र युवावस्थामा अनुहारको सौन्दर्यप्रति ध्यान दिनुपर्ने आवश्यकता अझ बढ्छ। तर यही अवस्थामा डन्डीफोर (pimples) को समस्या धेरै देखिन्छ। डन्डीफोरले अनुहार कुरूप बनाउने मात्र होइन, आत्मविश्वास पनि घटाउँछ।

डन्डीफोरको मुख्य कारण हो हर्मोनल परिवर्तन, छालाको सफाइको कमी, धुलो–धुवा, तैलिय तत्वको अत्यधिक उत्पादन र अस्वस्थ खाना। यस समस्याबाट छुटकारा पाउन धेरैले बजारमा पाइने विभिन्न क्रिम र औषधिको प्रयोग गर्छन्। तर यस्ता उत्पादनहरूले सधैं राम्रो नतिजा दिन्छन् भन्ने हुँदैन, बरु कहिलेकाहीँ छालामा एलर्जी र जलनसमेत गराउँछन्।

यस्ता अवस्थामा घरेलु उपाय उपयोगी, सुरक्षित र किफायती विकल्प हुन सक्छन्। जस्तै, बेसारको लेप डन्डीफोर घटाउन असरदार मानिन्छ। एलोभेरा जेलले छालालाई चिसो राख्ने र संक्रमण कम गर्ने काम गर्छ। टी-ट्री अइल, नीमको पातको रस, लसुनको रस, बेकिङ सोडा आदि प्राकृतिक सामग्रीले डन्डीफोर हटाउन सकिन्छ।

साथै, सफा पानी प्रशस्त पिउने, मसलेदार खाना कम खाने, अनुहार नियमित रूपमा सफा गर्ने, र निद्रामा ध्यान दिने बानीले पनि डन्डीफोर कम गर्न मद्दत गर्छ।

यसरी घरेलु उपाय अपनाएर र जीवनशैलीमा सुधार ल्याएर डन्डीफोरको समस्या घटाउन सकिन्छ। सौन्दर्य बाह्य देखिने कुरा भए पनि यसको जरा हाम्रो भित्रको स्वच्छता र सन्तुलनमा निर्भर हुन्छ।

डन्डीफोरबाट छुटकारा दिलाउने केही घरेलु उपाय यस प्रकार रहेका छन् :

कागतीको रस

डन्डीफोरका लागि कागतीको रस एकदमै प्रभावकारी हुन्छ । यसले डन्डीफोरको समस्या हटाउनका साथै छालालाई चम्किलो पनि बनाउँछ । तर, कागतीको रस सीधै अनुहारमा लगाउँदा यसले पोल्छ । त्यसैले यसलाई पानी वा महसँग मिसाएर लगाउनुपर्छ ।

मह

महले अनुहारमा भएका डन्डीफोरलाई हटाउने काम गर्छ । तर यसबारेमा धेरै कमलाई मात्र जानकारी छ । डन्डीफोर भएको भागमा मह दलेर केही बेर राख्ने र १५ मिनेटपछि चिसो पानीले धुने । अझ तपाईँलाई छाला चम्किलो बनाउन मन छ भने चिसो दूधले पनि अनुहार धुन सक्नुहुन्छ । यो उपायले डन्डीफोरको समस्याबाट छुटकारा दिलाउनुका साथै छालालाई चम्किलो समेत बनाइदिन्छ ।

केराको बोक्रा

केराको प्याकले छालालाई कोमल बनाउनका साथै छालाको भित्री भागमा पोषण पनि पुर्‍याउँछ । केराको साथसाथै त्यसको बोक्रा पनि त्यति नै लाभकारी छ । यसले डन्डीफोरको समस्या हटाउन मद्दत गर्छ । केरालाई मुछेर यत्तिकै वा महसँग मिसाएर लगाउँदा अनुहारका छिद्र खुल्छन् र यसले गर्दा अनुहारलाई भरपुर अक्सिजन मिल्छ । दहीसँग केरा मिसाएर लगाउनु पनि फाइदाजनक हुन्छ । 

गोलभेँडा

गोलभेँडामा पाइने तत्त्व छालाका लागि लाभकारी हुन्छन्। गोलभेँडामा पनि कागतीजस्तै धेरै फाइदाजनक तत्त्व पाइन्छन् जसले डन्डीफोर हटाउन मद्दत गर्छ र छालालाई चम्किलो बनाउँछन्। गोलभेँडाको रस अनुहारको छालाभित्रैसम्म पुग्ने गरी लगाउनुपर्छ । र आधी घण्टा अनुहारमा राखेर चिसो पानीले पखाल्नुपर्छ ।

ल्वाङ 

डन्डीफोरको समस्याबाट राहत दिलाउन ल्वाङ निकै गुणकारी मानिन्छ । यसका लागि तपाईँले एक कप पानीमा ल्वाङ उमाल्नु पर्ने हुन्छ । पानी चिसो भएपछि त्यसमा भएका ल्वाङलाई मुछ्ने र मुछिएको लेदोलाई डन्डीफोर भएको ठाउँमा दल्ने । यसका पाउडर वा पेस्ट बनाएर अथवा यसको तेललाई डन्डीफोर भएको ठाउँमा लगाएमा पनि  फायदा हुन्छ । 

बाफ लिने

बाफ लिएर अनुहारमा आउने डन्डीफोरको समस्याबाट टाढा रहन सकिन्छ । फेसियलपछि बाफ लिनाले अनुहारको छालाले भित्री पोषण पाउँछ । साथै यसले मृत छालाको समस्यालाई पनि हटाउँछ । अनुहारका छिद्र खोल्नका लागि बाफ लिन जरुरी छ । बाफ लिएपछि छालालाई कटनले सफा गरी पुछ्ने। सीधै हातले पुछ्दा डन्डीफोरको समस्या झन् बढ्न सक्छ ।

आलु

आलुको टुक्रा काट्नुहोस् र अनुहारमा बिस्तारै रगडेर लगाउनुहोस् । एउटा टुक्रा सुक्यो भने अर्को लगाउनुहोस् । यो क्रमलाई १५ मिनेटसम्म निरन्तरता दिएपछि अनुहारलाई सुक्न दिनुहोस् । त्यसपछि धोएर मोस्चराइजर लगाउनुहोस् । यो प्रयोग हप्तामा ३–४ पटक गर्नुहोस् डण्डीफोर र यसको दाग निर्मूल हुँदै जानेछ ।

ओलिभ आयल 

ओलिभ आयलको केही थोपा डण्डीफोरको दागमा लगाउनुहोस् । यसले अनुहारको रगतमा निखार ल्याउँछ र दाग फिका हुन थाल्छ । नियमित लगाउन थालेपछि बिस्तारै दाग हट्दै जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?