आज २०८१ साल चैत १६ गते शनिबारको राशिफल

काठमाडौं। आज २०८१ साल चैत १६ गते शनिबार चैत कृष्ण पक्षको औंसी तिथि। घोडे जात्रा। तदनुसार सन् २०२५ मार्च २९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दिन सामान्य छ। १२ औँ स्थानमा खराब ग्रह पुगेकाले लगानी गर्दा सचेत बन्नुपर्नेछ। विपक्षीको विरोधको आवाज सुन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ।

वृष : दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। बोलीलाई परोपकारमा प्रयोग गर्नुपर्नेछ। सम्पत्ति खर्च भए पनि इज्जतको प्रशंसा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : तपाईंको बोलीका कारण विवाद बढ्नेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। धार्मिक व्यक्तिसँगको भेटले सिर्जनात्मक क्षमता बढ्नेछ। परिवारसँग सचेत बन्नुपर्नेछ। व्यवहार गर्दा तीन पटक सोच्नुपर्ने दिन छ।

कर्कट : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको श्रमको मूल्य प्राप्त हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। रोगबाट छुटकारा पाउने योग छ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।

सिंह : मन अशान्त बन्ने जोखिम छ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने दिन छ। योजना सफल पार्न धैर्यताको खाँचो देखिन्छ। राज्यका तर्फबाट सेवाकोअवसर मिल्नेछ।

कन्या : परिवारमा रमाइलो गर्ने अवसर मिल्नेछ। विपक्षी शान्त रहेकाले तपाईंले सुरुवात गरेको काम सफल बन्नेछ। स्वास्थ्यमा सुधारको खाँचो देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन सामान्य छ। तपाईंले गरेको श्रमको फल अरुले लिने जोखिम छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : बौद्धिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। साथीसँगको वार्ताले घरमा विवादा बढ्ने भएकाले सचेत भएर बोल्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध सुदृढ बन्नेछ।

धनु : दिन सामान्य छ। तपाईंले गरेको श्रमको जस अरुले लिने जोखिम छ। ठूलो योजनाको सुरुवात नगर्नु उचित हुनेछ।
परिवारमा बढी प्रेम देखाउँदा घाटा हुने जोखिम छ।

मकर : दिन सामान्य छ। सहकार्य गरेर लगानी गरेमा व्यापारमा फाइदा हुनेछ। दाजुभाइसँगको सकार्यमा अगाडि बढेमा फाइदा हुेनछ। विपक्षी साथीको प्रशंसा सुन्नुपर्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

कुम्भ : धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। बौद्धिक व्यक्तिसँग नम्र भएर व्यवहार गर्नु उचित हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्रप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : तपाईंको राशिमा चन्द्रमा पुगेकाले महत्त्वपूर्ण कामको सुरुवात हुनेछ। परिवारको साथ लिएर अगाडि बढेमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथीको साथ मिल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?