काठमाडौँ। राति सुत्दा इयरफोन लगाएर सुत्ने बानी स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। निरन्तर आवाज सुन्दै सुत्दा कानको नसामा दबाब पर्छ। जसले श्रवण शक्ति कमजोर बनाउन सक्छ। साथै, कानमा ब्याक्टेरिया जम्मा भएर संक्रमणको सम्भावना बढ्छ।
ब्लुटुथ इयरफोनको रेडिएसनले टाउको दुख्ने, तनाव बढ्ने र निद्रा बिग्रने समस्या निम्त्याउन सक्छ। लगातार इयरफोन लगाउँदा टिनिटस समस्या हुन सक्छ, जसले कानमा गुँगुँ आवाज सुनिन थाल्छ। स्वस्थ रहन, सुत्दा इयरफोन प्रयोग नगर्नुहोस् वा हल्का आवाजमा स्पिकर प्रयोग गर्नुहोस्। राम्रो निद्रा र कानको सुरक्षाका लागि यो बानी त्याग्नु नै उचित हुन्छ।
यस बानीका नकारात्मक असरहरू:
-सुनाइ शक्ति कमजोर हुन सक्छ:लामो समयसम्म उच्च आवाजमा संगीत सुन्दा कानका नसामा असर पर्न सक्छ, जसले श्रवण शक्ति गुम्ने खतरा बढाउँछ।
-निन्द्रा प्रभावित हुन्छ: निरन्तर आवाज सुन्दै सुत्दा मस्तिष्क पूरै आराम गर्न पाउँदैन, जसले गहिरो निद्रा नआउने समस्या निम्त्याउँछ।
-कानमा संक्रमण हुन सक्छ: इयरफोन लगातार लगाउँदा कानमा ब्याक्टेरिया जम्मा भएर इन्फेक्सनको सम्भावना बढ्छ।
-टिनिटस समस्या हुन सक्छ: कानभित्र निरन्तर गुँगुँ आवाज सुनिन थाल्न सक्छ।
-टाउको दुख्ने र तनाव बढ्न सक्छ: ब्लुटुथ इयरफोनको रेडिएसन तथा अनावश्यक दबाबले टाउको दुखाइ, तनाव र झर्को लाग्ने समस्या आउन सक्छ।
बच्ने उपायहरू:
-सुत्नुअघि रिल्याक्स गर्ने संगीत हल्का आवाजमा बज्ने स्पिकरबाट सुन्ने।
-यदि इयरफोन लगाउनैपर्ने भए, भोल्युम न्यून राख्ने र लामो समय प्रयोग नगर्ने।
-तारवाला इयरफोन लगाएर नसुत्ने, किनभने रातभर अल्झिन सक्छ।
-कानको सफाइमा ध्यान दिने र इयरफोनको पनि नियमित सफाइ गर्ने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया