काठमाडौँ – विश्वको सबैभन्दा सानो बाख्रा केरलाका एक किसानको स्वामित्वमा रहेको छ । यो बाख्रालाई विश्वको सबैभन्दा सानो जीवित बाख्राको रुपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा दर्ता गरिएको छ ।
यसको मालिक पिटर लेनुलाई थाहा थियो कि उनको बाख्रा ‘करुम्बी’ एकदम सानो छ । जब मानिसहरूले उनलाई गिनिज बुकमा नाम दर्ता गराउन सुझाव दिए, उनले प्रक्रिया अगाडी बढाए। गिनिज बुकका अनुसार बाख्राको जन्म सन् २०२१ मा भएको थियो । पूर्ण रूपमा विकसित भइसके पछि पनि उसको उचाइ १ फिट ३ इन्च मात्र छ । बाख्रा क्यानेडियन पिग्मी प्रजातिको हो, जसमा आनुवंशिक बौनापन छ।
यी बाख्राको खुट्टा सामान्यतया २१ इन्च भन्दा बढि हुदैन। पिटर लेनुले गाई, खरायो, कुखुरा र हाँस पनि पालेका छन् । पिटर लेनुको यो बाख्रा अहिले गर्भवती भएकी छे। सोचिएका छ कि उसका पाठापाठी पनि उ जस्तै हुनेछ । उनीहरुले नयाँ कीर्तिमान पनि बनाउन सक्छन् । पिटरले भने कि कारुम्बी धेरै मिलनसार छे।
जब पिटरले बाख्राको नाम गिनिज बुकमा दर्ता गर्ने सल्लाह पाए, उनले यसलाई पशु चिकित्सक कहाँ लगेका थिए। कारुम्बीको उचाइ र स्वास्थ्य परीक्षण गरिएको थियो । जब यो पुष्टि भयो कि उनी पूर्ण रूपमा बढेको तर छोटो कदको छ, त्यसपछि गिनिज बुकका प्रतिनिधिहरूलाई सम्पर्क गरियो। र अन्तत, यस बाख्राको नाम ‘गिनिज बुक अफ वर्ल्ड’ रेकर्डमा दर्ता भयो । सो दर्ता भए पछि बाख्रा हेर्न पिटरको घरमा भीड लाग्न थालेको छ ।
धेरैले यो बाख्रासँग सेल्फी लिन्छन् भने कोहीले भिडियो पनि बनाउँछन् र सामाजिक सञ्जालमा हाल्छन । बाख्राका मालिक पिटर भन्छन्, ‘अब हामी यसबाट बच्चा जन्मिने पर्खाइमा छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया