काठमाडौँ – मलायम सुपरस्टार मोहनलालको बहुप्रतिक्षित एक्शन थ्रिलर एल २ः इम्पुरानले मलयालम सिनेमाको लागि अग्रिम बुकिङमा रेकर्ड कायम गरेकाे छ । सैकनिल्कका अनुसार यस फिल्मले प्रि– सेल्सको साथमा सबैभन्दा ठूलो मलयालम ओपनर बनिसकेको छ तर अझै रकम थपिन बाँकी रहेको छ।
उद्घाटन दिनमा एल २ः इम्पुरानलको प्रि–सेल ३५ करोड भएको छ भने यसले विश्वव्यापी बक्स अफिसमा पूरै ओपनिङ सप्ताहन्तमा ५० करोड कमाइसकेको छ । रिलीज हुन अझै ४ दिन बाँकी छ। जसअनुसार रिलिज अघि नै ५० करोड कमाउने पहिलो मलयालम फिल्म बनेको छ ।
चाखलाग्दो कुरा के छ भने फिल्मले पहिले नै मलयालम फिल्मको लागि धेरै देशहरूमा सबैभन्दा ठूलो संग्रह रेकर्ड गरिसकेको छ। जर्मनीमा इम्पुरानले अग्रिम बिक्रीले हालैको मेगा ब्लकबस्टर पुष्पा २ को जीवनकालको संग्रह पार गरेको छ, जुन उल्लेखनीय छ।
अझै ४ दिन बाँकी रहँदा चलचित्रले सप्ताहन्तमा ७० करोड बुकिङ गर्ने र विश्वभर पहिलो दिन ४०.४५ करोड कमाइ गर्ने लक्ष्य लिएको छ । चलचित्रले विश्वभर ५०ं करोड कमाइको साथ ओपन गर्ने ग्यारेन्टी छ , यो फिल्म बिहीबार रिलिज हुदैँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया