काठमाडौं – आज २०८१ साल चैत ११ गते सोमबार चैत कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ मार्च २४ तारिख। विश्व क्षय रोग दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : दिन सामान्य छ। श्रमको फल प्राप्त हुनेछ। व्यापारमा फाइदा हुनेछ। साथीभाइबाट असहयोग हुने भएकाले व्यवहार गर्दा सचेत बन्नु उचित हुनेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ।
वृष : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मिथुन : मन अशान्त बन्दा व्यवहार बिग्रिने जोखिम छ। मन शान्त बनाएर अगाडि बढ्नुपर्ने दिन छ। परिवारसँगको सुझाव लिएर अगाडि बढेमा दिन सहज बन्नेछ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा प्रगति हुनेछ।
कर्कट : मनमा चिन्ता र त्रास बढ्नेछ। राजनीतिक क्षेत्रमा राज्यले निगरानी राख्नेछ। रोगले सताउने जोखिम छ। परिवारको साथ र सहयोगमा अगाडि बढ्नुपर्ने समय छ। राजनीतिक क्षेत्रमा अन्तरघात हुने जोखिम छ।
सिंह : यात्रामा जोखिम हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारसँगको सम्बन्ध सफल बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
कन्या : परिवारमा असन्तुष्टि बढ्नेछ। प्रेममा खटपटी हुनेछ। धार्मिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यको तर्फबाट असहयोग हुने खतरा छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।
तुला : जोगिएर काम गर्नुपर्ने दिन छ। घाटा हुने भएकाले व्यापारमा ठुलो लगानी नगर्नु राम्रो हुन्छ। शिक्षामा मिहिनेतको खाँचो देखिन्छ। श्रमको फल प्राप्त हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।
वृश्चिक : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। तपाईंको प्रतिभाको प्रदर्शन गर्ने समय आएको छ।
धनु : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। साथीले तपाईंको प्रशंसा गर्नेछन्। विपक्षीको साथ मिल्नेछ। योजना दीर्घकालसम्म रहने भएकाले निर्णय गर्नु अगाडि सोच्नु राम्रो हुनेछ।
मकर : दिन राम्रो छ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा नाफा हुनेछ। व्यापारमा फाइदा हुने योग छ।
कुम्भ : महत्त्वपूर्ण काममा अवरोध सिर्जना हुनेछ। व्यापारमा सहकार्य भइरहेका साथीसँग जोगिएर काम गर्नुपर्नेछ। सञ्चित धन खर्च हुनेछ। शिक्षामा मिहिनेतको खाँचो छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्नेछ।
मीन : दिन सामान्य छ। बोलीमा सुधार गरेर अगाडि बढ्नु उचित हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। घर व्यवहार सहज ढंगले अगाडि बढ्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया